सानिमा बैंकको नयाँ विस्तारित काउन्टर सप्तरीको बोदेबर्साइनमा

  • Technology Khabar | २८ आश्विन २०७७, बुधबार
सानिमा बैंकको नयाँ विस्तारित काउन्टर सप्तरीको बोदेबर्साइनमा

काठमाडौं ।

सानिमा बैंक लिमिटेडले बोदेबर्साइनमा आफ्नो विस्तारित काउन्टर स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

सानिमा बैंकको बोदेबर्साइन विस्तारित काउन्टर मिति २०७७/०६/२८ गतेदेखि औपचारिक रुपमा संचालनमा आएको हो ।

प्रदेश २, सप्तरी जिल्ला, बोदेबर्साइन नगरपालिका वडा नं. ५ स्थित, बोदेबर्साइन विस्तारित काउन्टरको समुद्घाटन बोदेबर्साइन नगरपालिकाका मेयर आतेश कुमार सिंहले गरे।

कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई विस्तारित काउन्टर संचालनमा आएकोमा मेयर सिंहले सानिमा बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सुरक्षित तरिकाले काउन्टरको सेवा सुचारु राख्न आग्रह गरे।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेको जनाएको छ ।

प्रकाशित: २८ आश्विन २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार