
काठमाडौं ।
टेक जायन्ट ह्वावेले आफ्नो अनर ब्राण्डलाई बिक्री गर्ने भएको छ । कम्पनीले अनरका सम्पूर्ण सम्पत्तिहरु २५ अर्ब चिनियाँ युआनमा बिक्री गर्न लागेको हो ।
ह्वावे टेक्नोलोजीज कम्पनी लिमिटेडले आफ्नो अनर स्मार्टफोन यूनिटको केही अंश बेच्नका लागि डिजिटल चाइना ग्रुप कम्पनी लिमिटेड र अन्य लगानीकर्ताहरुसँग कुराकानी गरिरहेको रोयटर्सले उल्लेख गरेको छ।
ह्वावेले संयुक्त राज्य अमेरिकाको प्रतिबन्धका कारण प्राथमिकताहरू पुनःपरिभाषित गर्दैछ र युवाहरु र र बजेटमा सचेत रहेको अनर ब्राण्डको साटो आफ्नो हाईइण्डका ह्यवे फोनमा ध्यान केन्द्रित गर्नेछ ।
सोही बिक्रीमा के के सम्पत्ति समावेश हुने भन्ने विवरणहरू अझै अन्तिम भईसकेको छैन् तर अनरको ब्राण्ड, अनुसन्धान विकास क्षमता र सम्बन्धित आपूर्ति श्रृंखला ब्यवसाय सम्बन्धित हुने अपेक्षा गरिएको छ, दुई स्रोतलाई उल्लेख गर्दै रिपोर्टमा भनिएको छ । त्यसैगरि अर्को स्रोतले भने सम्झौता सबै नगद बिक्री बारे हुन सक्छ र सानो हुन सक्छ ।
डिजिटल चाइना हाल अनर ब्राण्डको मुख्य बितरक कम्पनी पनि हो ।
अनर ब्राण्डलाई ह्वावेले सन् २०१३ मा स्थापना गरेको थियो र शुरुदेखि नै यसले स्वतन्त्ररुपमा काम गरिरहेको छ ।
अनर ह्वावेबाट अलग भएको खण्डमा कम्पनीलाई अमेरिकी प्रतिबन्ध नलाग्ने र विभिन्न उपकरण र सामाग्रीहरु खरिद गर्न सक्नेछ ।
प्रकाशित: २८ आश्विन २०७७, बुधबार