सानिमा बैंकका ग्राहकहरुले सस्तो डिलमा सामान किन्दा विशेष छुट पाईने

  • Technology Khabar | २६ आश्विन २०७७, सोमबार
सानिमा बैंकका ग्राहकहरुले सस्तो डिलमा सामान किन्दा विशेष छुट पाईने

काठमाडौं ।

नेपालीहरुको महान चाड वडा दशैंको अवसरमा सानिमा बैंकका ग्राहकहरुका लागि विभिन्न छुटका योजनाहरु ल्याउने क्रममा “बिग डिल एट सस्तो डिल” योजना सार्वजनिक गरेको छ।

अनलाइन सपिङ्ग पोर्टल सस्तो डिलसँगको सहकार्यमा संचालित यस योजनामा बैंकको मोबाइल बैंकिङ्ग एप, सानिमा सजिलो ई–बैंकिङ्ग प्रयोगकर्ताले क्यु आर कोड स्क्यान मार्फत् भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम् रु २,५००/– सम्म क्यास ब्याक प्राप्त गर्न सक्नुहुनेछ ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “फस्ट कम फस्ट सर्भ” को आधारमा छुट प्रदान गरिने बैंकले जानकारी दिएको छ । यो योजना २७ आश्विन देखि १ कात्र्तिक २०७७ गतेसम्म पाँच दिनका लागि लागू हुनेछ ।

साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको बैंकले जनाएको छ ।

प्रकाशित: २६ आश्विन २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार