Technology Khabar २३ आश्विन २०७७, शुक्रबार
काठमाडौं ।
सिभिल मलले दशैतिहारमा सपिङ गर्ने उपभोक्ताहरुलाई लक्षित गरेर आकर्षक उपहारहरु घोषणा गरेको छ । जस अन्तरगत यामाहाको एफजेड बाइकदेखि होम एप्लियन्स र गिफ्ट भौचरहरु छन् ।
मलले एक हजार रुपैयाँ वा सो भन्दा बढि रकमको सपिङ गर्ने उपभोक्तालाई लक्षित गरि विभिन्न आकर्षक उपहारको व्यवस्था गरेको हो ।
मलमा सपिङ गर्ने एक जना भाग्यशाली उपभोक्ताले बम्पर उपहारअन्तर्गत यामाहाको एफजेड बाइक पाउने सिभिल मलका मार्केटिङ म्यानेजर अमिर ठकुरीले बताए।
त्यस्तै हरेक साता एक जनालाई ग्यापु डटकमको तर्फबाट ५ हजार रुपैयाँको नगद भौचर र एनआइसी एसिया बैकका कार्ड होल्डरले हरेक सामानमा थप ५ प्रतिशत छुट पाउनेछन्।
एक्सलट्रिप नेपालको तर्फबाट हरेक साता एक जनालाई ३ हजार रुपैयाँको गिफ्ट भौचर र एक जनालाई बोधि स्युइटमा २ रात ३ दिनको लागि पोखरा ट्रिपको पनि व्यवस्था गरेको छ। सिभिल मलमा सामान्न किन्ने उपभोक्ताले ७० प्रतिशतसम्म छुट पाउनेछन्।
मलले एक हजार रुपैयाँ वा सो भन्दा माथीको खरिदमा उपभोक्तालाई कुपन दिनेछन्। लक्की ड्रको बिजेतालाई सिभिल मलले सम्पर्क गर्नेछ। उपभोक्ताले सिभिलम लकै सुचना पाटी तथा फेसबुक पेजबाट हेर्न सकिनेछ । यो योजना असोज २३ गतेदेखि मंसिर १३ सम्म चल्नेछ।
सिभिल मल व्यवस्थापन समितिले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर र छुट्टै नियम पनि तयार गरेर मल सञ्चालनमा ल्याएको हो। ग्राहक र स्टोर प्रबन्धकहरूलाई मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ। मल प्रवेशअगावै सेनिटाइजर लगाएर र तापक्रम जाँच गराएर मात्र भित्र प्रवेश गर्न गराइरहेको मलले जनाएको छ।
त्यस्तै हरेक दिन मल खुल्नु अघि र मल बन्द भए पछि डिसइन्फेक्ट समेत गर्दै आएको छ। मलले सामाजिक दूरी कायम गर्न/गराउन विभिन्न ठाउँमा मार्क र मलको विभिन्न स्थानहरूमा सेनिटाइजर समेत राखिएको छ। मलले खानेकुरा तर्फ मलले ग्राहकहरुका लागि हाइजेनिक टेकवे प्रणालीको व्यवस्था गरेको सिभिल मलले जनाएको छ ।
प्रकाशित: २३ आश्विन २०७७, शुक्रबार