क्वालकमले असुससँग मिलेर आफ्नै गेमिङ्ग स्मार्टफोन ल्याउँदै

  • Technology Khabar | २३ आश्विन २०७७, शुक्रबार
क्वालकमले असुससँग मिलेर आफ्नै गेमिङ्ग स्मार्टफोन ल्याउँदै

काठमाडौं ।

चाँडै नै हामी बजारमा क्वालकमका ब्रान्डेड स्मार्टफोनहरू भेट्न सक्नेछौं। हालै आएको एक रिपोर्टका अनुसार क्वालकम र असुस एकैसाथ गेमिङ्ग स्मार्टफोन विकास गर्दैछन्, जुन यस बर्षको अन्त्यसम्ममा लन्च हुन सक्छ।

यस स्मार्टफोनको स्पेसिफिकेसनको बारेमा हालसम्म कुनै जानकारी छैन् तर क्वालकमले डिसेम्बर १ मा एक कार्यक्रम आयोजना गरिरहेको छ, जसमा यसले आफ्नो नयाँ स्न्यापड्रागन ८७५ चिपसेट लन्च गर्न लागेको छ। संभवत सोही दिनमा कम्पनीले स्मार्टफोनसँग सम्बन्धित जानकारी पनि दिन सक्ने अनुमान गरिएकोछ।

डिजिटाइम्सले उद्योग स्रोतलाई उद्धृत गर्दै क्वालकमले असुससँग मिलेर एक गेमिङ्ग स्मार्टफोन शुरू गर्न लागिरहेको रिपोर्ट गरेको छ ।

यो स्मार्टफोन क्वालकम ब्रान्डिङ्ग अन्तर्गत सार्वजनिक हुनेछ। यस स्मार्टफोनको नाम र विशिष्टताको बारेमा कुनै जानकारी प्रकट गरिएको छैन। रिपोर्टका अनुसार यस स्मार्टफोनका मुख्य एलिमेन्टहरू असुसद्वारा तयार गरिएको हो। यसको बावजुद, क्वालकमले यसको रिफ्रेस डिजाइन तयार गरेको छ, जसमार्फत पछिल्लो चिपसेट परीक्षण गर्न सकिन्छ।

असुस र क्वालकम यस प्रोजेक्टमा सँगै काम गरिरहेको हुँदा यो स्मार्टफोन पनि रिपब्लिक गेमरको साथ आउन सक्छ।

स्मार्टफोनमा हाई रिफ्रेस रेट सहितको डिस्प्ले, नयाँ क्वालकम स्न्यापड्रागन प्रोसेसर, ठूलो ब्याट्री र अन्य धेरै फीचरहरु उपलब्ध हुने अपेक्षा गरिएकोछ ।

प्रकाशित: २३ आश्विन २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार