
काठमाडौं ।
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले आफ्नो सिस्टम अपग्रेड गर्ने भएको छ ।
कम्पनीले आज राती प्रविधि अपग्रेड गर्ने एसएमएसमार्फत ग्राहकहरुलाई जानकारी दिएको छ।
आज राती १२ बजेदेखि २ बजेको बिचमा टेक्नोलोजी अपग्रेड हुने भन्दै सो समयमा समस्या आउन सक्ने बताएको छ।
कम्पनीले नियमित अपग्रेड गर्न लागेको हो ।
कम्पनीले आज रातीको सो अवधिमा इन्टरनेट सेवामा अवरोध आउन सक्ने भन्दै असुविधाको लागि क्षमा समेत मागेको छ ।
प्रकाशित: २२ आश्विन २०७७, बिहीबार