नेपाल प्रहरीले भन्यो- प्रहरी पोशाक लगाएर टिकटक भिडियो नबनाउनु

  • Technology Khabar | २२ आश्विन २०७७, बिहीबार
नेपाल प्रहरीले भन्यो- प्रहरी पोशाक लगाएर टिकटक भिडियो नबनाउनु

काठमाडौं ।

नेपाल प्रहरीले आफ्नो पोसाकको सामाजिक संजालसहित विभिन्न भिडियोहरुमा दुरुपयोग गरेको भन्दै त्यस्तो कार्य नगर्न भनेको छ ।

प्रहरीले सार्वजनिक सूचना प्रकाशित गर्दै टिकटक भिडियो, सांगितिक भिडियो, चलचित्रलगायतमा प्रहरी पोशाकको दूरुपयोग भएको बताएको छ।

प्रहरीको पोसाक प्रयोग गर्नु परेमा प्रहरी प्रधान कार्यालयको स्वीकृति अनिवार्य हुने र स्वीकृति नलिइ प्रयोग गरिए कारबाही गर्ने चेतावनी दिएको छ ।

विभिन्न चलचित्र, टेलिचलचित्र, सर्टमुभीज, प्र्यांक भिडियो, टिकटक भिडियो लगायत टेलिभिजन तथा स्टेज कार्यक्रमहरुमा नेपाल प्रहरीले प्रयोग गर्ने विभिन्न पोसाकहरुको दुरुपयोग भइरहेको भन्दै प्रहरी प्रधान कार्यालयले पूर्व स्वीकृति नलिई यस्तो नगर्न सचेत गराएको हो ।

‘प्रहरी पोसाकको प्रयोग गर्नुपूर्व प्रहरी प्रधान कार्यालय नक्सालको जनसम्पर्क तथा प्रचार प्रसार इकाईमा पोसाक प्रयोग गर्नुको प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधान छ, स्वीकृति नलिइ कुनै पनि प्रयोजनको लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दज्र्यानी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्न नगराउन सबैलाई अनुरोध गरेका छौं,’ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

स्वीकृति नलिइ पोसाक प्रयोग गरेमा प्रचलित कानुन अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित: २२ आश्विन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार