ग्लोबल आइएमई बैंक र आइएमई पे बीच सम्झौता

  • Technology Khabar | २१ आश्विन २०७७, बुधबार
ग्लोबल आइएमई बैंक र आइएमई पे बीच सम्झौता

काठमाडौं ।

ग्लोबल आइएमई बैंक र आइएमई पे बीच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

बैंकमा बुधबार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइएमई पे का प्रमुख कार्यकारी अधिकृत विकाश नाहाटाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि नगदको रुपमा संकलन गर्दै आइरहेको सबै सरकारी कार्यालयको राजश्व भुक्तानीलाई आईएमई पे डिजिटल वालेटको माध्यमबाट सजिलै भुक्तानी गर्न सकिनेछ ।

यस व्यवस्थाले सर्वसाधारणलाई राजश्व बुझाउनकै लागि सरकारी कार्यालयसम्म धाउनुपर्ने बाध्यता हट्ने कम्पनीको भनाई छ ।

प्रकाशित: २१ आश्विन २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार