गूगलले सामसोनाइटसँग मिलेर स्मार्ट ब्याकप्याकहरू सार्वजनिक गर्यो

  • Technology Khabar | २० आश्विन २०७७, मंगलवार
गूगलले सामसोनाइटसँग मिलेर स्मार्ट ब्याकप्याकहरू सार्वजनिक गर्यो

काठमाडौं ।

गूगलले सामसोनाइटसँग ज्याकार्ड स्मार्ट टच प्रणालीको साथ आउने दुई नयाँ ब्याकप्याक्सको लागि सहकार्य गरेको छ।

सो प्रणालीको साथ, ब्याकप्याकको बाँया पट्टि रहने स्ट्रापले आवश्यक क्षमताहरू अनलक गर्न सक्दछ र ज्याकार्ड एप प्रयोग गर्नु अघि कस्टमाइज गर्नेछ। उदाहरणको लागी, स्ट्र्यापलाई निश्चित तरिकाले छुँदा कल र टेक्स्ट नोटिफिकेसनहरू पठाउन, सेल्फी ट्रिगर गर्न, लगाउनेको संगीत नियन्त्रण गर्न वा गूगल असिस्टेन्टलाई ताजा खबरको लागि सोध्न सक्छ। एक थप स्तरको अन्तर्क्रिया गर्नका लागि, अलर्ट सेटको अनुसार लाइट बल्ने गरि बाँया पट्टिको स्ट्र्यापमा एक एलईडी लाइट रहेको छ।

गूगलले २०१८ मा लेभी स्ट्रउसको साथ स्मार्ट ज्याकेट ल्याएको थियो र त्यसपछि २०१९ मा थप किफायती संस्करणहरू लन्च गरेको थियो।

यसअतिरिक्त कम्पनीले सेन्ट लरेन्ट, एडिडास र ईएको साथ स्मार्ट आईटममा पनि काम गरिसकेको बताएको छ।

गूगलले सामसोनाइटको साथ ल्याएको नयाँ कोनेक्ट-आई (Konnect-I) ब्याकप्याक्सको स्लिम संस्करणको लागि १९९ अमेरिकी डलर र स्ट्याण्डर्ड संस्करणको लागि २१९ अमेरिकी डलरको लागत तोकिएको छ। एजेन्सी

प्रकाशित: २० आश्विन २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • २० आश्विन २०७७, मंगलवार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • २० आश्विन २०७७, मंगलवार

NOC from Nagarik App

  • २० आश्विन २०७७, मंगलवार

E-pension verification system launched

  • २० आश्विन २०७७, मंगलवार