सुबिसु केबलनेटको सिस्टम अपग्रेड सम्पन्न, समस्या भए जानकारी दिन आग्रह

  • Technology Khabar | २० आश्विन २०७७, मंगलवार
सुबिसु केबलनेटको सिस्टम अपग्रेड सम्पन्न, समस्या भए जानकारी दिन आग्रह

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले आफ्नो मुख्य सिस्टम अपग्रेडको काम सम्पन्न गरेको छ।

गएको राती १ बजेदेखि ३ बजेको बीचमा कोर सिस्टम अपग्रेडको काम सम्पन्न भएको कम्पनीले सूचनामार्फत जानकारी दिएकोछ।

अपग्रेडसँगै कम्पनीको इन्टरनेट ब्याण्डविथ आईपीभी सिक्समा जानेगरि तयार भएको जानकारी दिएको छ। सिस्टम अपग्रेड भएसँगै इन्टरनेट सेवा सहजरुपमा सूचारु भएको जानकारी दिएको छ ।

कम्पनीकाअनुसार अपग्रेडको समयमा इन्टरनेट सेवामा देखिएको समस्यासमेत समाधान भइसकेको छ भने यदि कसैको सेवामा समस्या भएको भए जानकारी गराउन आग्रह गरेको छ ।

प्रकाशित: २० आश्विन २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘OTT Platform’ now comes under legal radar; Registration and permission mandatory

  • Technology Khabar
  • २० आश्विन २०७७, मंगलवार