अनलाइनबाटै लामोदूरीका यातायातको टिकट लिने व्यवस्था गराउन संसदिय समितिको निर्देशन

  • Technology Khabar | १७ आश्विन २०७७, शनिबार
अनलाइनबाटै लामोदूरीका यातायातको टिकट लिने व्यवस्था गराउन संसदिय समितिको निर्देशन

काठमाडौं ।

संसदको विकास तथा प्रविधि समितिले अनलाइनबाटै लामोदूरीका सवारी साधनको टिकट वितरण गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।

समितिले लामोदूरीका सवारी साधनहरुमा टिकट बिक्रि टिकट काउन्टर तथा अनलाइन तथा सहज स्थानबाट वितरण गर्ने व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

त्यस्तै समितिले सवारी साधन सञ्चालन गर्दा स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पूर्ण पालना गर्न गराउन,खाना खुवाउने स्थानमा सामाजिक दूरी कायम गर्न,सवारी साधन चढ्दा, ओर्लदा अनिवार्य रुपमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने व्यवस्था कडाइको साथ लागू गर्न गराउन समेत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

कोभिड-१९ को महामारीको कारण धेरै समयदेखि बन्द भएका लामोदूरीका सवारीसाधनहरुको अनिवार्यरुपमा फिटनेस टेष्ट गर्न एवं सार्वजनिक सवारी साधनमा स्वास्थ मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना भए नभएको प्रभावकारीरुपमा अनुगमन एवं नियमन गर्न समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ,सडक विभाग,यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई विकास तथा प्रविधि समितिले निर्देशन दिएको छ ।

प्रकाशित: १७ आश्विन २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार