भायनेट बडा दशैंमा बडा टिभी अफर, इन्टरनेट सेवाका साथमा स्काइवर्थ एलईडी टिभी पाईने

Technology Khabar १५ आश्विन २०७७, बिहीबार

काठमाडौं ।

विगत २० वर्षदेखि व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि इन्टरनेट सेवा प्रदान गर्दै आएको भायनेटले यस वर्षको आफ्नो चाडपर्वको अफर “भायनेट बडा दशैंमा बडा टिभी” आफ्ना ग्राहकहरुका लागि ल्याएको छ ।

कम्पनीका अनुसार नेपालीहरुको महान् चाड दशैं र तिहारको उपलक्ष्यमा “भायनेट बडा दशैंमा बडा टिभी” नामक योजनामा ग्राहकहरुलाई टेलिभिजन सेट र क्यास भौचर प्रदान गरिनेछ।

यस योजना अन्तर्गत, भायनेटका ग्राहकहरुले ४३ इन्चको स्काइवर्थ एलईडी टिभीको साथ ३० एमबिपिएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा मात्र रु. ४१,९९० प्राप्त गर्नेछन् भने ३२ इन्चको स्काइवर्थ एलईडी टिभीको साथ ३० एमबिपिएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा मात्र रु. २८,९९० प्राप्त गर्नेछन् ।

यसका साथै भायनेटले ईसेवाको रु. ६५० सम्मको क्यास भाउचर प्रदान गर्दैछ भने पुराना ग्राहकहरुले थप रु. ६०० सम्मको छुट पनि प्राप्त गर्नेछन् ।

भायनेटको दावी छ कि ग्राहकहरुले यस अफरबाट टेलिभिजन सेटमा मार्केट रेटको दाँजोमा ३५ प्रतिशतभन्दा बढीको छुट पाउने छन्।

भायटिभीको सेवाका साथ अब युट्युब उपलब्ध हुने भएकोले अफरमा प्रदान गर्ने एलईडी टिभीमा स्मार्ट टिभीको फिचरको मजा लिन सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: १५ आश्विन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया