मर्चेन्ट बैंकरहरुको सबै सेवा अब अनलाइनबाट मात्र हुने

  • Technology Khabar | १५ आश्विन २०७७, बिहीबार
मर्चेन्ट बैंकरहरुको सबै सेवा अब अनलाइनबाट मात्र हुने

काठमाडौं ।

मर्चेन्ट बैंकका कर्मचारीहरुमा समेत कोभिड-१९ संक्रमण देखिएपछि मर्चेन्ट बैंकरहरुले फोन, ईमेल वा अन्य विद्युतीय माध्यमबाट मात्रै सेवा प्रवाह गर्ने भएका छन् ।

कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै ग्राहकहरुको सुरक्षा र कर्मचारीहरुलाई संक्रमणबाट सुरक्षित राखि मर्चेन्ट बैंकरहरुले ग्राहकहरुको भौतिक उपस्थिति विना नै सेवा प्रदान गर्ने भएका हुन् ।

उनीहरुले असोज १४ गते बुधबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि ग्राहकको भौतिक उपस्थिति बिना सेवा प्रदान गर्ने निर्णय गरिएको सार्वजनिक सूचना जारी गर्दै जानकारी दिएका छन्।

कम्पनीहरुले प्रदान गर्ने सेवा सम्बन्धी विस्तृत जानकारी २४ वटै क्यापिटल कम्पनीको वेवसाइट मार्फत प्राप्त गर्न सकिने बताइएको छ ।

प्रकाशित: १५ आश्विन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार