सानिमा बैंकको नयाँ शाखा रौतहटको चन्द्रपुरमा

  • Technology Khabar | १४ आश्विन २०७७, बुधबार
सानिमा बैंकको नयाँ शाखा रौतहटको चन्द्रपुरमा

काठमाडौं ।

सानिमा बैंक लिमिटेडले चन्द्रपुरमा आफ्नो ८३ औं शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

सानिमा बैंकको चन्द्रपुर शाखा मिति २०७७/०६/१४ गतेदेखि औपचारिक रुपमा संचालनमा आएको हो । रौतहट जिल्ला, चन्द्रपुर नगरपालिका वडा नं.४ स्थित, चन्द्रपुर शाखाको समुद्घाटन चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले गरे।

जारी कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई शाखा संचालनमा आएकोमा मेयर चौधरीले सानिमा बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सुरक्षित तरिकाले शाखाको सेवा सुचारु राख्न आग्रह गरे।

सो शाखा संचालनमा आएसँगै चन्द्रपुर र सो क्षेत्र आसपासका बासिन्दालाई गुणस्तरीय बैंकिङ्ग सेवामा सहज पहुँच पुग्ने विश्वास बैंकले लिएको छ।

प्रकाशित: १४ आश्विन २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

जर्मनीका सवारीसाधन चीनमा लोकप्रिय बन्दै

  • Technology Khabar
  • १४ आश्विन २०७७, बुधबार