
काठमाडौं ।
हामीले प्रयोग गर्ने स्मार्टफोनका धेरै सुविधाहरू जान्दछौं र हामी तिनीहरूलाई दिनचर्यामा समेत धेरै प्रयोग गर्दछौं।
तर आजकल त्यस्ता सुविधाहरू स्मार्टफोनमा पनि आउँदछन् जुन धेरै उपयोगी छन तरपनि हामीलाई ती फीचरहरूको बारेमा थाहा छैन। स्मार्टफोनको केहि गोप्य सुविधाहरू र ट्रिक्स बारेमा जान्नुहोस् जुन एकदम उपयोगी छन्।
१ यदि तपाईं स्मार्टफोनबाट भिडियो बनाउँदै हुनुहुन्छ र एकै समयमा फोटो क्लिक गर्न चाहनुहुन्छ भने, तपाईँले खिचिरहेको भिडियो रोक्न आवश्यक छैन। आईफोनमा भिडियो बनाउँदा, फोटो आइकन पनि देखा पर्दछ, जुन भिडियो रेकर्डिङ्गको बीचमा नै स्टिल फोटो क्लिक गर्न सकिन्छ र यसको लागि त्यहाँ रहेको स्टिल्समा ट्याप गर्नुपर्दछ ।
२ यदि तपाईंको आँखा अलि कमजोर छन् वा स्क्रिनमा कुनै टेक्स्ट विस्तार गर्न चाहनुहुन्छ भने, स्मार्टफोनमा स्क्रिन म्याग्निफिकेसनको राम्रो सुविधा हुन्छ। यो सुविधाको साथ तपाईं फोन स्क्रिनको एक अंशलाई तीन पटक ट्याप गर्न सक्नुहुनेछ। यसले स्क्रीनलाई जूम गर्दछ। यस सुविधाको लागि, सेटिंग्समा एक्सेसबिलिटीमा जानुहोस् र म्याग्निफिकेशन गेस्चर अन गर्नुहोस्।
३ आजकल, स्मार्टफोनहरुमा म्याक्रो लेन्स सुविधा छ जसले गर्दा तपाईं सजिलै साना-साना वस्तुहरू वा सामाग्रीको तस्बिर लिन पनि सक्नुहुन्छ। तर त्यहाँ म्याक्रो वस्तु क्लिक गर्न एक अर्को ट्रिक पनि छ। तपाईं आफ्नो फोनको रियर क्यामरा लेन्समा पानीको एक थोपा राख्नुहोस्। यो गर्दा क्यामरा लेन्स स्वत अधिक जुम हुन्छ र कुनै जूम बिना नै यसले ठूलो रिजोलुसनमा सानो वस्तुलाई देखाउँदछ।
४ धेरै पटक हाम्रो टिभी स्पिकर वा अन्य कुनै उपकरणहरुको रिमोट बिग्रिएका हुन्छन्। ब्याट्री परिवर्तन गर्दापनि रिमोटले राम्रोसँग काम गर्दैन। यस्तो अवस्थामा, रिमोट वास्तवमै खराब छ वा छैन भनेर स्मार्टफोनबाट थाहा पाउन सकिनेछ। यस्तो पत्ता लगाउन रिमोटको सेन्सर फोनको क्यामरा अगाडि राख्नुहोस् र रिमोट बटन थिच्नुहोस्। यदि रिमोटको सेन्सरमा लाइट ब्लिंक गर्दछ भने रिमोटको ठिक छ र लाइट ब्लिंक हुँदैन भने रिमोट खराब छ भनेर थाहा पाउनुहोस्।
५ तपाईको स्मार्टफोनको हेडफोनले संगीत सुन्न मात्र सहयोग गर्दैन, तर यसको सहायताले तपाईँ फोनमा फोटो पनि क्लिक गर्न सक्नुहुन्छ। यद्यपि यो सुविधा सबै स्मार्टफोनको ईयरफोनमा भने उपलब्ध छैन, तर पनि तपाईं आफ्नो स्मार्टफोनमा यो फीचर छ वा छैन् भनेर जाँच गर्न सक्नुहुनेछ। केही फोन इयरफोनको प्ले र पज बटनहरूको मद्दतले, तपाईं फोटो खिच्नका साथै ईयरफोन भोल्युम बटनको साथ जूम इन र जूम आउट गर्न सक्नुहुनेछ।
यी साधारण तर थाहा नभएका फीचर र ट्रिक्सहरु तपाईँलाई कस्तो लाग्यो छैनन त उपयोगी । अब तपाईँपनि यी फीचर र ट्रिक्सहरु प्रयोग गरेर मज्जा लिनुहोस् ।
प्रकाशित: १४ आश्विन २०७७, बुधबार