Technology Khabar १३ आश्विन २०७७, मंगलवार
काठमाडौं ।
ओपो नेपालले एफ१७ प्रोका साथै नेपालमा आफ्ना आईओटी उपकरणको श्रेणीमा थप वृद्धि गर्दै एन्को डब्लयू५१ र ओपो वाच सार्वजनिक गरेको छ।
ओपो वाचमा भोक फ्ल्यास चार्जिङ सिस्टम सपोर्ट छ भने यसमा प्रयोगकर्ताहरुको वर्क आउट र स्वास्थ्यको ट्रयाक गर्ने उल्लेख गरिएको छ।
यसमा फ्लेक्सिबल ड्यूल कर्भ डिस्प्ले रहेको छ भने यी दुबै ओपो वाचमा वाईफाई सपोर्ट पनि रहेको छ ।
ओपो वाट्च, ४१एमएम र ४६एमएम गरी दूई भ्यारिन्टमा उपलब्ध हुनेछ। तिनको मूल्य क्रमशः रु. २४,९९० र रु. ३४,९९० निर्धारण गरिएको छ।
त्यसैगरी, ओपो एन्को डब्ल्यू५१को मूल्य ८,९९० निर्धारण गरिएको छ ।
ओपो एफ१७ प्रो र वाच खरिद गर्न चाहने उपभोक्ताका लागि सेप्टेम्बर २८देखि ३० सम्म प्रि-बुकिङ खुल्ला गरिएको छ।

एफ१७ प्रो सार्वजनिक गर्न आयोजित अनलाईन लञ्च ईभेन्ट मार्फत कम्पनीले ओपो एफ१७ पनि सार्वजनिक हुने जानकारी दिएको छ।
ओपो एफ१७ भने अक्टोबर ५देखि नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
प्रकाशित: १३ आश्विन २०७७, मंगलवार