क्लिन फिडः विदेशी च्यानलमा नेपाली विज्ञापन राख्न नदिने नीति बनाउन विकास समितिको निर्देशन

  • Technology Khabar | ५ आश्विन २०७७, सोमबार
क्लिन फिडः विदेशी च्यानलमा नेपाली विज्ञापन राख्न नदिने नीति बनाउन विकास समितिको निर्देशन

काठमाडौं ।

संसदको विकास तथा प्रविधि समितीले सरकारलाई आउँदो कात्तिक ७ गतेदेखि नै क्लिनफिड लागू गराउन निर्देशन दिएको छ।

समितिको आज बसेको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई क्लिन फिड लागू गराउन र विज्ञापन बोर्ड गठन गर्न समेत निर्देशक दिएको छ । यसका साथै स्वदेशी टेलिभिजनलाई प्रबद्र्धन गर्न विदेशी टेलिभिजन प्रशारणमा नेपाल विज्ञापन हाल्ने नीति नलिन समितिले मन्त्रालयलाई निर्देशन दिएको छ।

‘डाउनलिंक अनुमति लिएर नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापन रहित –क्लिन फिड) बनाउन निर्देश छ,’ समितिको निर्देशनमा भनिएको छ ।

यसका साथै विज्ञापन रहित हुन नसकने विदेशी टेलिभिजनको प्रशारण रोक्न मन्त्रालयले के कस्तो कार्ययोजना बनाएको छ भन्ने जानकारी दिनुपर्नेछ भने नेपालमा कतिवटा विदेशी च्यानलहरु रोकिने अवस्थामा छन र यसले पार्ने प्रभावको बारेमा मन्त्रालयको धारणा १५ दिनभित्र पठाउन समेत निर्देशन दिईएको छ ।

प्रकाशित: ५ आश्विन २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • ५ आश्विन २०७७, सोमबार