Technology Khabar ४ आश्विन २०७७, आईतवार
काठमाडौं ।
धरान उप–महानगरपालिकाले स्थानीय सरकारको कर भुक्तानी अनलाइनबाटै गराउने व्यवस्था मिलाएको छ ।
नगरपालिकालाई तिर्नुपर्ने आफ्नो सबै कर भुक्तानी कनेक्ट आइपीएस ई–पेमेन्टमार्फत बैंक खाताबाटै हुने सुविधाको थालनी गरेको छ ।
उक्त धरान उप–महानगरपालिकालाई कनेक्ट आइपीएस ई–पेमेन्टमा राष्ट्रिय वाणिज्य बैंकमार्फत आबद्ध गराइएको हो ।
करदाताले उप–महानगरमा बुझाउनुपर्ने सम्पत्ति कर, मालपोत कर, व्यवसाय कर, बहाल करलगायतका सम्पूर्ण कर, दस्तुर तथा सेवाशुल्कहरु घरमै बसेर दाखिला गर्न सक्नेछन् ।
कोरोनभाइरस महामारीका कारणसमेत जनतालाई आफैँ उपस्थित भएर कर तिर्न स्वास्थ्य जोखिम भइरहेका बेला सुरु भएको अनलाइन भुक्तानी प्रणालीले थप सहजता हुने विश्वास गरिएको छ ।
यसका लागि सबैभन्दा पहिला एकपटक आफ्नो वडामा गएर इमेल र मोबाइल नम्बर दर्ता गराउनुपर्ने छ।
त्यसपछि उपमहानगरको वेबसाइटमा गएर युजरनेम र पासवर्ड लिनुपर्छ। त्यसरी लगइन गरेपछि सोझै आफ्नो बैंक खाताबाट कनेक्ट आइपिएस मार्फत् राजश्व बुझाउन सकिने छ। यसको लागि कनेक्ट आइपिएसको एकाउन्ट हुनुपर्नेछ ।
प्रकाशित: ४ आश्विन २०७७, आईतवार