
काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सम्झौताको अनुमोदन गरेका छन जसले चिनियाँ स्वामित्वमा रहेको भिडियो साझेदारी एप टिकटकलाई अमेरिकामा संचालन गर्न अनुमति दिन्छ।
ट्रम्पले पत्रकारलाई भने कि उनले टिकटक र अमेरिकी कम्पनीहरू ओरेकल र वालमार्टबीचको साझेदारीलाई ‘आशीर्वाद’ दिएका थिए।
राष्ट्रपतिले राष्ट्रिय सुरक्षा चिन्ताको कारण यसअघि अमेरिकामा एप प्रतिबन्धित गर्ने आदेश दिएका थिए।
अमेरिकी सुरक्षा अधिकारीहरूले टिकटकको मालिक कम्पनी बाइटडान्सले संकलन गरेको डाटा चिनियाँ सरकारलाई हस्तान्तरण गर्न सक्ने चिन्ता व्यक्त गर्दै आएका छन् ।
टिकटकको मालिक बाइटडान्सले यो आरोपलाई अस्वीकार गर्दै आएको छ कि यसले चीनको सत्तारूढ कम्युनिष्ट पार्टीसँग डाटा साझा वा डाटा नियन्त्रण गर्ने गरेको छ।
शनिबार ट्रम्पले सो सम्झौताले करिब १० करोड अमेरिकीहरुको डाटा सुरक्षित भएको बताए जसले एपलाई सुरक्षित राख्यो र पत्रकारहरुलाई भने ‘सुरक्षा शतप्रतिशत हुनेछ।’
‘मैले यो डिललाई मेरो आशिष दिएको छु,’ ट्रम्पले नर्थ क्यारोलिनामा चुनावी सभा अघि ह्वाइट हाउस छोड्दा भने, ‘म अवधारणामा सम्झौतालाई अनुमोदन गर्छु।’
ट्रम्पकाअनुसार यो डिलमा वालमार्ट समेत रहेकोछ । यस सम्झौतामा अमेरिकी शिक्षाका लागि ५ अर्ब डलर कोष पनि सामेल हुनेछ, यद्यपि उनले कुन कम्पनीले सो रकम भुक्तानी गर्ने भनेर ट्रम्पले भनेनन्।
ट्रम्पले पहिले कम्पनीहरूलाई यूएस ट्रेजरीमा रकम राख्न चाहेको कुरा व्यक्त गरेका थिए, तर जब उनी त्यस्तो व्यवस्था अवैध हुनेछ भन्ने कुरा सुने तब छक्क परेका थिए ।
रोयटर्सका अनुसार यस सम्झौतामा टिकटक ग्लोबल नामको नयाँ कम्पनीको स्थापना हुनेछ। उक्त कम्पनीमा बहुसंख्यक अमेरिकी निर्देशकहरू, अमेरिकी प्रमुख कार्यकारी र बोर्डमा सुरक्षा विज्ञहरू हुनेछन्। जसमा अमेरिकी कम्पनी ओर्याकल र वालमार्टको समेत शेयर हुनेछ ।
टिकटकको डाटा ओर्याकलद्वारा भण्डार गरिएको हुन्छ, जससँग यसको सोर्स कोड निरीक्षण गर्ने अधिकार हुनेछ।
ट्रम्पकाअनुसार नयाँ कम्पनी पूर्णरुपमा ओर्याकल र वालमार्टद्धारा नियन्त्रित हुनेछ । एजेन्सी
प्रकाशित: ४ आश्विन २०७७, आईतवार