एप्पलद्धारा फोर्टनाइट निर्माता कम्पनी एपिक विरुद्ध उल्टै मुद्धा दायर, क्षतिको जरिवाना भराउन माग

  • Technology Khabar | २४ भाद्र २०७७, बुधबार
एप्पलद्धारा फोर्टनाइट निर्माता कम्पनी एपिक विरुद्ध उल्टै मुद्धा दायर, क्षतिको जरिवाना भराउन माग

काठमाडौं ।

एप्पल इंकले एपिक गेम्स इंकलाई नै उल्टै मुद्धा हालेको छ । कम्पनीले काउन्टर कानूनी कारबाहिको माग गर्दै सफ्टवेयर डेभलपरलाई नक्कल गरेको र गलत कार्य गरेको भन्दै मुद्धा हालेको हो ।

यसअघि एपिक गेम्सले आईफोन निर्माता कम्पनीको एप स्टोरमा भेदभाव हुने गरेको र कम्पनीले अत्यधिक मुनाफा लिने गरेको भन्दै मुद्धा दायर गरेकोमा हाल एप्पले उल्टै एपिकलाई मुद्धा हालेको हो ।

यसका साथै एपिकले गूगललाई पनि सोहि किसिमको मुद्धा हालेको थियो । जसमा एपिक गेम्सको लोकप्रिय भिडियो गेम फोर्टनाइटलाई उनीहरुको एप मार्केटप्लेसबाट हटाएको भन्दै कानूनी कारबाहीको माग गरेको थियो ।

जसमा दुबै कम्पनीहरुले बजार एकाधिकार कायम गरेको आरोप लगाईएको थियो ।

मंगलबार दर्ता गरिएको अदालति फाइलमा एप्पलले आफनो कारबाहीको प्रतिरक्षा गर्दै संघिज न्यायाधिशलाई क्षति रोक्न दण्ड जरिवाना गर्न माग गरिएको छ भने एपिकले माग गरेको विषयलाई प्रतिबन्ध लगाउन भनिएको छ । एजेन्सी

प्रकाशित: २४ भाद्र २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार