
काठमाडौं ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले निषेधाज्ञाका कारण आर्थिक गतिबिधि संचालन ठप्प भएको बेलामा कर बिबरण तथा भुक्तानी गर्नुपर्ने सरकारी व्यवस्था गलत भएको बताएको छ ।
कम्प्युटर व्यवसायी तथा सूचना प्रविधि विज्ञहरुको छाता संगठन क्यान महासंघले हालै प्रेस विज्ञप्ति जारी गर्दै भदौ २५ गते भित्र कर बिबरण तथा कर भुक्तानी गर्नै पर्ने र नतिरेमा जरिवाना लाग्ने व्यवस्था अव्यवहारिक रहेको दाबी गरेको छ ।
क्यान महासंघले सो व्यवस्थालाई सहुलियतपुर्ण गरिदिन समेन माग गरेको छ।
यसका साथै प्रविधिको बिस्तार र पहुँचलाई प्रबद्र्धन गर्दै सूचना प्रविधिको विकासमा विशेष ध्यान दिन र यस क्षेत्रका व्यवसायलाई यथा संभव सुबिधा वा सहुलियत दिई प्रोत्साहित गर्न समेत सबैसँग अनुरोध गरेको छ।
त्यसैगरि स्वास्थ्य तथा सुरक्षा मापदण्ड उलंघन गर्नेहरुलाई कडा कारबाहीको व्यवस्था गरी व्यवसाय सञ्चाललनको वातावरण मिलाउन समेत आग्रह गरेको छ ।
प्रकाशित: २४ भाद्र २०७७, बुधबार