ब्रोडब्याण्ड इन्टरनेट स्पीडमा नेपालले गर्यो सुधार, ब्रोडब्याण्ड स्पीड लिगको स्थान भने निकै खस्कियो

  • Technology Khabar | १९ भाद्र २०७७, शुक्रबार
ब्रोडब्याण्ड इन्टरनेट स्पीडमा नेपालले गर्यो सुधार, ब्रोडब्याण्ड स्पीड लिगको स्थान भने निकै खस्कियो

काठमाडौं ।

नेपालको ब्रोडब्याण्ड इन्टरनेट स्पीड गत वर्षको तुलनामा सुधारोन्मुख रहेको देखिएको छ । हालै केबल डट यूकेले जारी गरेको विश्वका विभिन्न मुलुकहरुको ब्रोडब्याण्ड इन्टरनेट स्पीडको सूचीमा नेपालको अवस्था गत वर्षको तुलनामा करिब दोब्बरले सुधार भएको देखिएको छ ।

नेपालको ब्रोडब्याण्ड इन्टरनेटको गति सुधारिएको भएपनि सूचीमा नेपालको स्थान भने पछाडि धकेलिएको छ । यसको अर्थ अन्य मुलुकहरुले समेत ब्रोडब्याण्ड इन्टरनेट स्पीडमा उल्लेख सुधार गरेका छन् ।

सेप्टेम्बर २ मा सार्वजनिक गरिएको वर्ल्डवाइड ब्रोडब्याण्ड स्पीड लिगको तथ्यांकअनुसार सन् २०२० मा नेपालको ब्रोडब्याण्ड इन्टरनेटको गति ५.२२ एमबिपिएस औसतमा रहेको छ । यसका साथमा नेपाल १५० औं स्थानमा झरेको छ ।

यसअघि गत वर्ष नेपाल सूचीमा १२८ औं स्थानमा रहेपनि औसत ब्रोडब्याण्ड इन्टरनेटको गति भने निकै कम रहेको थियो । गत वर्ष २०१९ मा नेपालको ब्रोडब्याण्ड इन्टरनेट गति ३.६२ एमबिपिएस रहेको थियो ।

सूचीअनुसार नेपाल सार्क मुलुकहरुमध्ये श्रीलंका, भारत र माल्दिभ्स भन्दा तल्लो स्थानमा छ भने भुटान, बंगलादेश, पाकिस्तान र अफगानिस्तानभन्दा माथिल्लो स्तरमा रहेको छ । सार्क मुलुकमध्ये श्रीलंकाको ब्रोडब्याण्ड स्पीड २०.७३ एमबिपिएस, भारतको १३.४६ एमबिपिएस र माल्दिभ्सको ५.८८ एमबिपिएस रहेको छ ।

ब्रोडब्याण्ड इन्टरनेट स्पीडको पहिलो स्थानमा पश्चिम यूरोपेली मुलुक लिचटेन्सटाईन रहेको छ, जसको औसत स्पस्ड २२९.९८ एमबिपिएस रहेको छ। भने दोस्रो स्थानमा जर्सी भन्ने मुलुक रहेको छ ।

एशियाली मुलुकमध्ये हंगकंग सूचीमा सबैभन्दा अगाडि छ जसको ब्रोडब्याण्ड स्पीड १०५.३२ एमबिपिएस छ । हंगकंग विश्व सूचकिो ८ औं स्थानमा रहेको छ ।

प्रकाशित: १९ भाद्र २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार