सोलुखुम्बुको दुर्गम क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन गर्न टावर निर्माण

  • Technology Khabar | १८ भाद्र २०७७, बिहीबार
सोलुखुम्बुको दुर्गम क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन गर्न टावर निर्माण
बाग्लुङ्गमा रहेको नेपाल टेलिकमको टावर । फाइल तस्बिर

काठमाडौं ।

हिमाली जिल्ला सोलुखुम्बुका दुर्गम क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनका लागि आठ स्थानमा टावर निर्माण गरिएको छ ।

जिल्लामा टेलिकमको सेवामा गुणस्तर नभएको, कतिपय ठाउँमा फोन नलाग्ने भएकाले यहाँका बासिन्दा सञ्चार सेवाबाट वञ्चित हुनुपरेको अवस्थामा गत वर्षदेखि थालिएको टावर निर्माणको काम सकिएको नेपाल टेलिकम शाखा कार्यालय सोलुखुम्बुले जनाएको छ।

जुबुको बलङ्गा, टाक्सिन्दु, चोरीखर्कको नाचिपाङ, लिखुपिकेको सेप्ताङ, गोराखानी, सल्यानको थामडाँडा र बासाको ठूलढुङ्गामा टावर निर्माण गरिएको टेलिकम सल्लेरीका प्राविधिक उत्सव चौधरीले जानकारी दिए ।

टावर निर्माण सकिएको भए पनि सेवा सञ्चालनका लागि थप उपकरण जडानका गर्न इन्जिनियर अभावमा काम अघि बढ्न नसकेको प्राविधिक चौधरीको भनाइ छ । हाल जिल्लाको पत्ताले र सल्लेरीबाट फोरजी सेवा सञ्चालनमा रहेको छ । गोरखापत्रबाट

प्रकाशित: १८ भाद्र २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Lumbini Tech partners Upcode Nepal for Smart City Tech ecosystem

  • Technology Khabar
  • १८ भाद्र २०७७, बिहीबार