Technology Khabar १७ भाद्र २०७७, बुधबार
काठमाडौं ।
छिमेकी मुलुक भारतले सुरक्षा खतरा देखाउँदै पबजीसहित ११८ वटा एप्सहरुमा प्रतिबन्ध लगाएको छ।
भारतले चिनियाँ मोबाइल एपहरुमा तेस्रो चरणको प्रतिबन्ध गर्दै नयाँ घोषणा गरेको हो । नयाँ प्रतिबन्धमा पबजी, विच्याट लगायतका १ सय १८ एपहरुमाथि प्रतिबन्ध लगाउन भारतको आईटी मन्त्रालयले बुधबार निर्देशन दिएको हो।
यसरी प्रतिबन्ध हुने एपहरुमा एचडी क्यामरा ब्यूटी सेल्फी क्यामरा, क्लीनर फोन बूस्टर, अलीपे, वी-च्याट वर्क, वी-च्याट रीडिङ्ग तथा चेसरस जस्ता एप्स छन् ।
यसअघि भारतले टिकटकलगायतका ५० एपमा प्रतिबन्ध लगाएको थियो। त्यसपछि पुन दोस्रो पटक सो लिस्टमा नयाँ प्रतिबन्धित एप्सहरु थप गरेर १०० वटा पुर्याएको थियो।
भारतले चिनियाँ एपहरुले विभिन्न किसिमका व्यक्तिगत तथ्यांकहरु चोरी गरेको आरोपका कारण बन्द गरेको बताएको छ।
भारत र चीनबीच भएको सीमा विवादपछि भारतले चीन विरुद्ध कडा कदमहरु चाल्दै आएको छ ।
यसअघि पनि भारतले चीनबाट आउने लगानीका लागि पूर्व स्वीकृती लिनुपर्ने नयाँ नियम लागू गरेको थियो । एजेन्सी
प्रकाशित: १७ भाद्र २०७७, बुधबार