गोगोको हवाईजहाजमा इन्टरनेट सुबिधा दिने व्यवसाय इन्टेलस्याटले किन्यो

  • Technology Khabar | १६ भाद्र २०७७, मंगलवार
गोगोको हवाईजहाजमा इन्टरनेट सुबिधा दिने व्यवसाय इन्टेलस्याटले किन्यो

काठमाडौं ।

स्याटेलाइट अपरेटर इन्टेलस्याटले गोगोको हवाईजहाजमा प्रयोग गरिने व्यवसायिक वाईफाई सेवा किनेको छ।

कम्पनीले सामान्य समायोजनको अधीनमा रहि गोगोको व्यावसायिक उड्डयन व्यवसायलाई ४०० मिलियन डलर नगदमा किन्नको लागि निश्चित सम्झौतामा हस्ताक्षर गरेको छ ।

यसअघि गोगोले दोस्रो त्रैमासमा सेवाको राजस्वमा ५५ प्रतिशत घटेको रिपोर्ट गरिसकेपछि यो महिनाको सुरुदेखि नै खरीददारहरूको खोजी शुरू गरेको थियो ।

कोरोनाभाइरसको महामारीसँग विश्वभर हवाई उडानहरु प्रभावित भएसँगै कम्पनीको सेवा र आम्दानीमा समेत उच्च गिरावट आएको थियो । जसले गर्दा कम्पनीले सो सेवा बिक्री गर्न बाध्य भएको थियो ।

इन्टेलस्याटले यो व्यवसायलाई शिकागोमा आधारित एक स्वतंत्र इकाईको रूपमा र वर्तमान सीए अध्यक्ष जोन वेडको नेतृत्व नेतृत्वमा अधिग्रहित व्यवसाय संचालन गर्ने बताएको छ। एजेन्सीका साथ

प्रकाशित: १६ भाद्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...