सर्वोच्च अदालत बार एशोसिएसन अफ नेपालको वेबसाइट ह्याक, निर्मला पन्तको लागि न्याय माग

  • Technology Khabar | १२ भाद्र २०७७, शुक्रबार
सर्वोच्च अदालत बार एशोसिएसन अफ नेपालको वेबसाइट ह्याक, निर्मला पन्तको लागि न्याय माग

काठमाडौं ।

भारतीय ह्याकरहरुको समूहले सर्वोच्च अदालत बार एशोसिएसन अफ नेपालको वेबसाइट ह्याक गरेको छ ।

ह्यारी_१३३७ को नामक ह्याकरको नाममा इण्डियन साइबर ट्रुप्सले बार एशोसिएसनको वेबसाइट ह्याक गरेर आफ्नो लोगो अपलोड गरेको छ ।

बलात्कारपछी हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तको तस्वीर राखेर ह्याकर समूहले उनको लागि न्याय माग गरेको छ ।

ह्याकरले ‘सात सय ५० दिनभन्दा बढी समय भइसक्दा पनि नेपाल सरकार अझ मौन छ । हामी निर्मला पन्तको लागि न्याय चाहन्छौं,’ लेखेकोछ ।

हिजो मात्रै सोहि ह्याकर समूहले निर्मला पन्तको लागि न्याय चाहिएको भन्दै महिला जागरण तथा विकास केन्द्रको वेबसाइट ह्याक गरेका थिए ।

निर्मला पन्तलाई न्याय दिन माग गर्दै महिला जागरण तथा विकास केन्द्रको वेबसाइट ह्याक

प्रकाशित: १२ भाद्र २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार