नेपाल टेलिकमको सेवामा आज मध्यराति समस्या आउन सक्ने

  • Technology Khabar | ११ भाद्र २०७७, बिहीबार
नेपाल टेलिकमको सेवामा आज मध्यराति समस्या आउन सक्ने
नेपाल टेलिकमको गठ्ठाघर शाखामा राखिएको कम्पनीको लोगो। फाइल

काठमाडौं ।

नेपाल टेलिकमको सेवामा आज मध्यराति समस्या आउन सक्ने कम्पनीले जानकारी दिएको छ ।

सिस्टम मर्मत सम्भारका कारण कम्पनीको सेवा मध्यरात १२ बजेपश्चात करिब आधा घण्टा प्रभावित हुनसक्ने बताएको हो।

टेलिकमले भर्खरै जारी गरेको सूचनाअनुसार त्यस समयमा प्याकेज सब्स्क्रिप्सन तथा भोलुम इन्क्वायरीमा केही समस्या आउन सक्नेछ ।

यसबाहेकका अन्य सबै सेवाहरु भने यथावत सुचारु हुने कम्पनीले जनाएको छ ।

प्रकाशित: ११ भाद्र २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...