गूगलको पिक्सेल ५ स्मार्टफोन छिटै लन्च हुँदै, यस्तो डिजाइनमा आउनेछ गूगलको नयाँ फोन

  • Technology Khabar | ८ भाद्र २०७७, सोमबार
गूगलको पिक्सेल ५ स्मार्टफोन छिटै लन्च हुँदै, यस्तो डिजाइनमा आउनेछ गूगलको नयाँ फोन

काठमाडौं ।

गूगलले चाँडै आफ्नो नयाँ स्मार्टफोन पिक्सेल ५ लन्च गर्न सक्ने अनुमान गरिएको छ। यो फोन सेप्टेम्बर ३० तारिखमा सार्वजनिक हुने आशा गरिएको छ।

फोनको बारेमा धेरै रिपोर्टहरू पनि आएका छन् जसमा फोनका फीचरहरुको बारेमा जानकारीहरू उल्लेख भएको छ। फोनको बारेमा नयाँ रिपोर्टमा यो कुरा खुलाइएको छ कि यस स्मार्टफोनमा स्क्वायर रियर डुअल क्यामरा सेटअप दिइनेछ।

यस बाहेक फोनको डिस्प्लेमा पंच होल डिजाइन दिईनेछ जसमा फ्रन्ट फेसिंग क्यामरा राखिनेछ।

फोनका केही फोटोहरू हालै ट्विटरमा स्ल्याश लीक नामको एकाउन्टबाट पनि साझेदारी गरिएको छ, जसमा फिंगरप्रिन्ट सेन्सर फोनको पछाडि भागमा फ्ल्यास साथै देखिन्छ।

यस बर्षको सेप्टेम्बरको अन्तिम दिन, पिक्सेल ५जी कालो र हरियो कलर अप्सनमा घोषित हुने अनुमान समेत गरिएको छ । यस स्मार्टफोनलाई हालै एउटा एआई बेन्चमार्क साइटमा सूचीबद्ध गरिएको थियो, जसमा यो फोनमा स्न्यापड्रागन ७६५जी चिपसेट राखिने छ भनेर पुष्टि भएको थियो ।

यो उपकरण पहिलो पिक्सेल फोन हुनेछ जसमा ८ जीबी र्याम दिइनेछ। यद्यपि एआई बेन्चमार्कमा उपकरणसँग सम्बन्धित कुनै अन्य स्पेशिफिकेसनहरु उल्लेख गरिएको छैन। एजेन्सी

प्रकाशित: ८ भाद्र २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार