काठमाडौं ।
नेपाल प्रहरीले पूर्वी नाकाबाट भन्सार छलेर ल्याएको मोबाइल सेट बरामद गरेको छ ।
प्रहरीले झापाको मेचीनगर नगरपालिका-७ गैरीगाउँबाट भन्सार छली ल्याएको ८ थान मोबाइल सेट बरामद गरेको हो ।
नेपाल भारत सिमानाको दशगजा क्षेत्रमा भारतबाट भन्सार छली गरेर लुकाई छिपाई ल्याउँदै गरेको विभिन्न ब्राण्डका मोबाइल ल्याएका मानिसहरुले प्रहरीलाई देखी मोबाइल फालेर फरार भएको बताईएको छ ।
सो ८ थान मोबाइल जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले बरामद गरेको थियो।
करिब २ लाख ९ हजार ५ सय रुपैयाँ बराबरको ८ थान मोबाइल सेट बरामद गरिएको प्रहरीले जनाएकोछ ।
बरामद मोबाइल आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।
प्रकाशित: २८ श्रावण २०७७, बुधबार