टिकटक र वीच्याटमाथि प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपतिको कार्यकारी आदेश

  • Technology Khabar | २३ श्रावण २०७७, शुक्रबार
टिकटक र वीच्याटमाथि प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपतिको कार्यकारी आदेश

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ मेसेजिंग एप वीच्याट र भिडियो साझेदारी गर्ने एप(अनुप्रयोग) टिकटकका चिनियाँ मालिकहरूसँग हुने अमेरिकी कारोबारमा व्यापक प्रतिबन्धको घोषणा गरेका छन् ।

यसले पछिल्लो दिनमा विश्वव्यापी टेक उद्योगको भविष्यलाई लिएर अमेरिकाको बेइजिङ्गसँग उच्चतहको मुठभेड बढाईरहेको छ।

उनले आगामी ४५ दिनको समय दिँदै त्यसपछि ती एप र कम्पनीहरुसँगको कारोबार बन्द गर्ने आदेश दिएका हुन् ।

ट्रम्पको नयाँ कार्यकारी आदेशसँगै अमेरिकी व्यवसाय र नागरिकहरूलाई सम्बन्धित कम्पनी बाइटडन्स र टेन्सेन्टसँग अन्तर्क्रिया र कारोबार गर्न प्रतिबन्धित हुनेछ।

ट्रम्पले यी दुई एप्सले राष्ट्रिय सुरक्षा, विदेश नीति र अमेरिकामा अर्थतन्त्रलाई जोखिममा पार्ने बताएका छन्।

ट्रम्पका अनुसार, अमेरिकीहरूको व्यक्तिगत जानकारीहरु चिनियाँ कम्युनिष्ट पार्टीमा फिर्ता जान सक्छ, जसले सम्भाव्यरूपमा चीनलाई सरकारी कर्मचारीहरु र ठेकेदारहरूको स्थान ट्र्याक गर्न, ब्ल्याकमेलका लागि व्यक्तिगत जानकारीको फाइलहरू तयार गर्न र कर्पोरेट जासूसी गर्न सक्नेछ।

टिकटक र वीच्याट माथि प्रयोगकर्ताहरुबाट बृहत किसिमको जानकारीहरु संकलन गरेको आरोप लगाईँदै आएको छ । जसमा इन्टरनेट र अन्य नेटवर्क गतिविधि जानकारीहरु जस्तै लोकेसन डाटा र ब्राउजिग र सर्च हिस्ट्रीहरु रहेका छन् ।

डोनाल्ड ट्रम्पले ४५ दिन भित्र चिनियाँ अनुप्रयोगसँग व्यापार गर्न रोक्ने आदेश दिएपछि टिकटकले अमेरिका विरुद्ध कानुनी कारबाहीमा जाने चेतावनी दिएको छ।

कम्पनीले अमेरिकी राष्ट्रपतिले जारी गरेको प्रतिबन्धको रूपरेखाको कार्यकारी आदेशबाट ‘चकित’ भएको बताएको छ। एजेन्सीका साथ

प्रकाशित: २३ श्रावण २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार