
काठमाडौं ।
वाणिज्य विभागले फर्म दर्ता, नवीकरण तथा खारेजीका काम अनलाइनबाटै गर्न सकिने व्यवस्था शुरु गरेको छ।
सेवाग्राहीलाई सजिलो होस् भनेर दर्ता, नवीकरण तथा खारेजीलगायतका काम बुधबारदेखि अनलाइनबाट गर्न सकिने व्यवस्था गरेको विभागले जानकारी दिएको छ।
अनलाइन सेवाले टाढाबाट सेवाग्राहीलाई विभाग धाउन नपर्ने, कार्यालयमा भिडभाड कम हुने र विभागलाई रेकर्ड राख्न सहज हुने बताईएको छ।
विभागले हाल दुई एक जना कर्मचारीलाई खटाएर अनलाइन सेवा सुरु गरेको हो।
विभागकाअनुसार प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी तथा एजेन्सीको दर्ता, नवीकरण, संशोधन र खारेजी लगायतको सेवा अनलाइनबाटै प्राप्त गर्न सकिनेछ।
अनलाइन सेवा लिनका लागि सेवाग्राहीले डिओसी डट जिओभी डट एनपीमा अनलाईन फर्म दर्ता भन्ने लिंक (https://online.doc.gov.np/onlineuser/Login) मा गई दर्ता गर्न सक्ने छन्।
दर्ता भएपछि प्रमाणपत्र लिन भने सेवाग्राही भौतिकरुपमा विभागमा नै आउनु पर्नेछ।
विभागले उपभोक्ताले एसएमएस, ट्वीटर, फेसबुक पेज, इमेल, इमोलगाइयतका सामाजिक सञ्जालबाट पनि गुनासो राख्न सक्ने व्यवस्था गरेको छ। यसअघि विभागका काम कारबाहि बारे उपभोक्ताले टेलिफोनबाट मात्र गुनासो राख्न सक्थे।
विभागले यसको लागि यूजर म्यानुअल समेत तयार पारेर अनलाइन सेवा लिने तरिका जानकारी गराएको छ ।
हेर्नुस् यूजर म्यानुअल र सेवा लिने तरिका-
UserManualप्रकाशित: २३ श्रावण २०७७, शुक्रबार