सिभिल मलको सामान अब ग्यापुबाट पाईने, १५० भन्दा बढी पसलहरुको सामान उपलब्ध

  • Technology Khabar | २२ श्रावण २०७७, बिहीबार
सिभिल मलको सामान अब ग्यापुबाट पाईने, १५० भन्दा बढी पसलहरुको सामान उपलब्ध

काठमाडौं ।

ग्यापु अनलाइन सपिङले ग्राहकहरुको चाहना र आवश्यकतालाई मध्यनजर राखि आफ्नो सेवा विस्तार गर्ने क्रममा सिभिल मलसँग बुधबार एक्स‍क्लुसिभ सम्झौतामा हस्ताक्षर गरेको छ।

सम्झौताअनुसार भर्चुअल सिभिल मल अब विशेष रूपमा ग्यापुमा मात्र उपलब्ध हुने छ। यसमा ४,००,००० भन्दा बढी SKU (भण्डारण इकाइ) उपलब्ध हुने बताईएको छ।

अब ग्यापु डटकम (Gyapu.com)बाट सिभिल मलको १५० भन्दा बढी पसलहरुको सामानहरु खरिद गर्न सकिने छ।

यस अनलाइनमार्फत खरिद गर्ने ग्राहकले इसेवा, फोनपे, आइएमीपे, प्रभुपे, कनेक्ट आइपियस्, सेलपे लगायतका सबै प्रकारको नेपाल र विदेशबाट बैंक कार्डहरुबाट भुक्तानी गर्न सकिने बताईएको छ।

यसैगरि अनलाइनमा ६० प्रतिशतसम्मको विशेष छूटहरू पनि उपलब्ध हुने छ। अनलाईनमा खरिद गरेको सामान सोहि दिन निशुल्करुपमा डेलिभरी गरिने छ।

यो सम्झौता २ बर्षका लागि लागु हुने कम्पनीले जनाएको छ।

ग्यापु अनलाइन सपिङले गत वर्ष चैत्र २१ देखि आफ्नो सेवा शुरु गरेको थियो ।

प्रकाशित: २२ श्रावण २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘OTT Platform’ now comes under legal radar; Registration and permission mandatory

  • Technology Khabar
  • २२ श्रावण २०७७, बिहीबार