चिनियाँ स्मार्टफोन ब्राण्ड भीभोबाट भारतमा आईपीएलको मुख्य प्रायोजन खोसियो

  • Technology Khabar | २० श्रावण २०७७, मंगलवार
चिनियाँ स्मार्टफोन ब्राण्ड भीभोबाट भारतमा आईपीएलको मुख्य प्रायोजन खोसियो
भीभो नेपालको कार्यालयमा राखिएको कम्पनी ब्राण्ड नाम । फाइल तस्बिर

काठमाडौं ।

भारतमा क्रिकेटको सबैभन्दा ठूलो प्रतिस्पर्धा इण्डियन प्रीमियर लीग(आईपीएल)को शिर्ष प्रायोजक रहेको कम्पनी भीभोको टाइटल स्पोन्सरशिप फिर्ता लिईएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले चिनियाँ मोबाइल कम्पनी भीभोसँग रहेको टाइटल स्पोन्सरशिप छिनेको हो ।

भारतीय मिडियाहरुमा आएका रिपोर्टहरुकाअनुसार सन् २०२२ सम्म भएको भीभोसँगको करार सम्झौता हाल समाप्त गरिएको छ । तर यो बारेमा बोर्डले आधिकारीक घोषणा भने गरेको छैन् ।

सो सम्झौताअन्तरगत बोर्डले भीभोबाट प्रत्येक वर्ष करिब ४४० करोड भारु प्राप्त गर्दछ ।

अब बीसीसीआईले नयाँ टाइटल स्पोन्सरको खोजी गर्न थालेको बताईएको छ । जसमा भारतीय कम्पनी र अमेरिकी कम्पनीहरुसँग कुराकानी भईरहेको स्रोतलाई उदृत गर्दै आएका रिपोर्टहरुमा बताईएको छ ।

आईतवार भएको गर्भर्निङ्ग काउन्सिलको बैठकमा भीभोको साथ करार सम्झौता जारी राख्ने निर्णय गरिएको थियो र त्यसपछि सबै फ्रेन्चाईजहरुको साथ बैठक भएको थियो ।

अधिकांश फ्रेन्चाइजीले सो बारेमा नकारात्मक धारणा राखेसँगै बीसीसीआईले सो निर्णय लिएको मिडिया रिपोर्टहरुमा उल्लेख छ । जसमा पछिल्लो दिनमा भएको चीन र भारतको सिमा बिबादलाई आधार मानिएको छ । जसले गर्दा बीसीसीआईलाई समेत दबाब परेको बताईएको छ ।

कोभिड १९ महामारीका कारण भारतमा अझै समस्याग्रस्त हुँदा यो वर्ष आईपीएस १९ सेप्टेम्बरदेखि १० नोभेम्बरसम्म यूएईमा आयोजना हुँदैछ ।
यसअघि भारतले टिकटकसहित करिब १०० एप्सलाई प्रतिबन्ध लगाईसकेको छ ।

रिपोर्टहरुकाअनुसार गत वर्षमात्रै भीभोले भारतमा आईपीएलको लागि २,१९९ करोड भारु खर्च गरेको थियो ।

विश्वको दोस्रो ठूलो मोबाइल तथा स्मार्टफोन बजार भारतमा आईपीएल प्रायोजनका साथ भीभोले बजारमा आफ्नो हिस्सा बढाउँदै लगेको थियो ।

प्रकाशित: २० श्रावण २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...