एनसेलले आफ्नो कर्पोरेट कार्यालय लैनचाैरमा सार्यो, नख्खुमा भने डाटा सेन्टर रहने

  • Technology Khabar | ११ श्रावण २०७७, आईतवार
एनसेलले आफ्नो कर्पोरेट कार्यालय लैनचाैरमा सार्यो, नख्खुमा भने डाटा सेन्टर रहने
एनसेलको ललितपुर नख्खुमा रहेको यसअघिको कर्पोरेट कार्यालय। फाइल फोटो

काठमाडौं ।

निजी क्षेत्रको मोबाइल अपरेटर कम्पनी एनसेल प्राईभेट लिमिटेडले आफ्नो कर्पोरेट कार्यालय तथा मुख्यालय सारेको छ । कम्पनीले साउन ६ गतेदेखि आफ्नो नयाँ मुख्यालय लैनचौरमा राखेको जानकारी दिएको हो ।

यसअघि ललितपुरको नख्खुमा मुख्य कार्यालय राखेर सेवा दिईरहेको एनसेलले हाल सो स्थानमा आफ्नो डाटा सेन्टर निर्माण र संचालन गरिरहेको छ ।

कम्पनीले सो स्थानमा एउटा छुट्टै भवनमा डाटा सेन्टर संचालनमा ल्याएको छ भने सो डाटा सेन्टरको क्षमता बढाईरहेको छ । यसको लागि कम्पनीले भौतिक संरचनाहरु समेत धमाधम बनाउँदैछ।

एनसेल प्रालिको नख्खुमा रहेको डाटा सेन्टर । फाइल

यसअघिदेखि नै कम्पनीले नख्खुमा डाटा सेन्टर निर्माण गर्ने र विभिन्न नयाँ सेवाहरु संचालन गर्ने योजना रहेको बताउँदै आएको छ ।

कम्पनीले सो स्थान साँघुरो भएको भन्दै लैनचौरको सार्वजनिक खेल मैदानको उत्तर तर्फ रहेको एनसेल आईकन भवनमा नयाँ मुख्यालय बनाएको हो ।

कम्पनीले यसअघि नै सर्ने योजना लिएको भएपनि लकडाउनले गर्दा कम्पनीको योजना ढिलो भएको थियो ।

प्रकाशित: ११ श्रावण २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार