
काठमाडौं ।
अब नेपालबाट सफ्टवेयर निर्यात गरेर हुने आम्दानी बैंक तथा कार्डमार्फत समेत प्राप्त गर्ने व्यवस्था भएको छ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सो नयाँ व्यवस्था लागू गर्ने घोषणा गरेको हो ।
जसअनुसार निर्यातक कम्पनीले आफ्नो बैंक खाता वा कार्डमार्फत रकम प्राप्त गर्न सक्नेछ ।
नेपाल राष्ट्र बैंकले सूचना प्रविधि लगायत विविध सेवा अनलाइन वा इलेक्ट्रोनिक माध्यमबाट विदेश निर्यात गरी प्राप्त हुने विदेशी मुद्रा सम्बन्धित निर्यातकर्ता वा सेवा प्रदायकको विदेशी मुद्रा बैंक खाता वा कार्डमा प्राप्त गर्न सकिने व्यवस्था मिलाइने छ । नीतिमा भनिएको छ ।
प्रकाशित: २ श्रावण २०७७, शुक्रबार