गूगलले क्लाउड प्लेटफर्म ‘आईसोलेटेड रिजन’ बन्द गर्यो

  • Technology Khabar | २५ असार २०७७, बिहीबार
गूगलले क्लाउड प्लेटफर्म ‘आईसोलेटेड रिजन’ बन्द गर्यो

काठमाडौं ।

अल्फाबेट इंकको गूगलले चीन लगायतका देशहरुमा रहेको आफ्नो क्लाउड प्रोजेक्ट बन्द गरेको घोषणा गरेको छ ।

कम्पनीले चीनमा यसको क्लाउड प्लेटफर्म ‘आईसोलेटेड रिजन’ प्रस्ताव गर्न विकल्पहरु बारेमा नहेरेको उल्लेख गरेको छ ।

आईसोलेटेड रिजन सन् २०१८ मा शुरुवातमा चिनियाँ नियमहरूको प्रतिक्रियामा सुरू भयो जसको अर्थ हो कि विदेशी प्रविधि कम्पनीहरू जुन चीनमा प्रवेश गर्न चाहन्छन् उनीहरुले एक स्थानीय कम्पनीसँग संयुक्त लगानी बनाउनु पर्छ, जसले प्रयोगकर्ताको डाटामाथि नियन्त्रण राख्छ।

अमेरिकाको राष्ट्रिय सुरक्षा सरोकारहरू सम्बोधन गर्दै आईसोलेटेड रिजन क्लाउड प्लेटफर्म चीन र अन्य देशहरूमा यस्तै आवश्यकताहरू पूरा गर्न सहयोग पुर्‍याउनको लागि संचालन गरिएको थियो ।

ब्लूमबर्गले यसबारेमा समाचार प्रकाशित गरेर गएको मे महिनामा सो परियोजना बन्द भएको जानकारी दिएको थियो तर कम्पनीले सो बन्द नभएको बताएको थियो ।

अहिले सर्च इन्जिन जायन्टले भने सो प्रोजेक्ट शटडाउन हुनुमा राजनैतिक तनाव र अहिलेको महामारी दुई कारण मध्ये कुनै कारणले नभएको बताएको छ ।

कम्पनीले यसले चीनमा क्लाउड प्लेटफार्म सेवा प्रस्ताव नगरेको उल्लेख गरेको छ ।

परियोजनाको उद्देश्य विश्वभर ग्राहकहरु र नियामक निकायहरुलाई क्लाउड सेवाहरु प्रदान गर्ने थियो। एजेन्सीका साथ

प्रकाशित: २५ असार २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...