मन्त्रालयले स्विकृत गर्यो दूरसञ्चार प्राधिकरणको बजेट, थपियो दुई वटा नयाँ कार्यक्रम*

  • Technology Khabar | २४ असार २०७७, बुधबार
मन्त्रालयले स्विकृत गर्यो दूरसञ्चार प्राधिकरणको बजेट, थपियो दुई वटा नयाँ कार्यक्रम*

काठमाडौं ।

अपडेटः

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार प्राधिकरणको आगामी आर्थिक वर्ष २०७७/७८ को लागि प्रस्ताव गरेको वार्षिक बजेटमा कुनै कटौती नगरेको प्राधिकरणका अध्यक्षले जानकारी दिएका छन् ।

अध्यक्ष पुरुषोत्तम खनालका अनुसार बजेटमा मन्त्रालयले कटौती नगरेको बरु २ वटा नयाँ कार्यक्रम थपेर पठाएको जानकारी दिए ।

‘मन्त्रालयले नयाँ कार्यक्रम बजेटमा थपेको छ र हामीले पठाएको बजेटमा कुनै कटौती भएको छैन्,’ अध्यक्ष पुरुषोत्तम खनालले भने ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको आगामी आर्थिक वर्ष २०७७/७८ को लागि प्रस्ताव गरेको वार्षिक बजेट स्विकृत गरेको छ । मन्त्रालयले गत साता बजेट स्विकृत भएको जानकारी प्राधिकरणलाई दिएको छ ।

प्राधिकरणको बजेटमा मन्त्रालयले सामान्य हेरफेर गरेर स्विकृत गरेको हो ।

जसअनुसार मन्त्रालयले केहि रकम घटाईदिएको छ भने नयाँ कार्यक्रम थप गरेर पठाएको प्राधिकरणका सम्बन्धित एक अधिकारीले जानकारी दिए ।

थप गरिएको कार्यक्रममा आगामी आर्थिक वर्षमा सूचना प्रविधि तथा आम सञ्चार क्षेत्र प्रणाली सुधार तथा निर्माणको नयाँ कार्यक्रम थप गरिएको छ । जसको लागि मन्त्रालयले ५ करोड रुपैयाँ बजेट प्राधिकरणलाई थप गर्न भनेको छ ।

त्यसैगरि आगामी आवमा दूरसञ्चार नीति, ब्रोडब्याण्ड नीतिलगायतका क्षेत्रगत नीतिहरु परिवर्तन गर्नका लागि करिब १० लाख रुपैयाँ बजेट तोकिदिएको छ ।

थप गरिएका बजेट कार्यक्रमबाहेक मन्त्रालयले प्राधिकरणको घर निर्माणको लागि आगामी आवमा प्रस्ताव गरिएको बजेटलाई आधा घटाईदिएको छ ।

प्राधिकरणको लागि घर निर्माण गर्न जग्गा/भवन खरिद वा लिजमा लिने कार्यको लागि प्रस्ताव गरिएको बजेटमा आधा कटाईदिएको हो । सो कार्यका लागि प्राधिकरणले ७५ करोड रुपैयाँ प्रस्ताव गरेको थियो भने मन्त्रालयले त्यसलाई ३४ करोड ५० लाखमा झारेको छ ।

यसअघि प्राधिकरणले तयार पारेको कुल १४ अर्ब ९ करोडको बजेट मन्त्रालयले अब १३ अर्ब ७६ करोड रुपैयाँ बनाएर स्विकृत गरेको हो ।

मन्त्रालयबाट स्विकृत भएको सो बजेट रकम अब प्राधिकरणको बोर्ड बैठकबाट पारित भएर लागू हुनेछ ।

*थप जानकारीअनुसार हामीले समाचार अपडेट र समाचार हेडलाइन सच्याएका छौं । धन्यवाद । सम्पादक

यो पनि हेर्नुस्-

एक व्यक्तिले २ वटा भन्दा बढि मोबाइल सिम प्रयोग गर्न नपाईने, प्राधिकरणले दियो निर्देशन

प्रकाशित: २४ असार २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार