टेक कम्पनी गूगलको कार्यालय अब सेप्टेम्बर ७ तारिखसम्म बन्द रहने

  • Technology Khabar | १८ असार २०७७, बिहीबार
टेक कम्पनी गूगलको कार्यालय अब सेप्टेम्बर ७ तारिखसम्म बन्द रहने

काठमाडौं ।

टेक कम्पनी गूगलले अमेरिकासहित धेरै देशहरुमा आगामी सेप्टेम्बर ७ तारिखसम्म अफिसहरू बन्द गर्ने निर्णय गरेको छ। यसअघि कम्पनीले यहि ६ जुलाईदेखि कार्यालय खोल्ने घोषणा गरेको थियो।

कम्पनीले आफ्नो विज्ञप्तिमा शुरुको चरणमा कम्पनीले सीमित संख्यामा काम गर्नेहरूलाई मात्र बोलाउने बताएको थियो। तर कोरोनाको बढ्दो केसका कारण कम्पनीले कार्यालय खोल्ने समय थप पछाडि धकेलेको हो ।

‘अवस्थाअनुसार रोटेशन कार्यक्रम बिस्तार हुनेछ र यदि परिस्थितिले अनुमति दिएमा सेप्टेम्बरसम्म ३० प्रतिशत क्षमताको साथ अफिस सुरु गर्ने छ,’ कम्पनीले विज्ञप्तिमा भन्यो।

रोयटर्सको एक रिपोर्ट अनुसार अल्फाबेट कम्पनीले आफ्ना कर्मचारीहरुलाई मेमो पठाएको छ। यसमा उनले कामदारहरूलाई घरबाट नै काम गर्न भनेको छ। जबसम्म कम्पनीले उनीहरूलाई कार्यालयमा आउन आग्रह गर्दैन त्यसबेलासम्म कर्मचारीहरूले घरबाट नै काम गर्न जारी राख्नेछन् ।

विश्वव्यापी सुरक्षाका कारण कम्पनीले यो कदम चालेको हो । कम्पनीले धेरै शहरहरूमा कोरोनाको अवस्था अझै धेरै रहेको बताएको छ।

प्रकाशित: १८ असार २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...