Technology Khabar ८ असार २०७७, सोमबार
काठमाडौं ।
फायरफक्स वेब ब्राउजर निर्माता कम्पनी, मोजिलाले अब भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) सेवा सुरू गर्ने तयारी गर्दैछ। कम्पनीले एन्ड्रोइड, क्रोमबुक र विन्डोजको लागी प्राइभेट भीपीएन शुरु गर्ने घोषणा गरेको छ।
मोजिलाका अनुसार यो भीपीएन सेवा स्ट्यान्डअलोन हुनेछ, अर्थात यसमा फायरफक्स ब्राउजरसँग कुनै सम्बन्ध हुनेछैन्। कम्पनीले यो भीपीएन सेवा गत केही महिनादेखि परीक्षण गरिरहेको थियो।
मोजिला फायरफक्स भीपीएन अमेरिकाका लागि बीटा कार्यक्रम अन्तर्गत खुला गरिएको छ। अब त्यहाँका प्रयोगकर्ताहरूले यसलाई प्रयोग गर्न सक्दछन्। यसअघि प्रयोगकर्ताहरुले यसको लागि प्रतिक्षा सूचीमा पर्खनु पर्दथ्यो।
पहिले कम्पनीले यसलाई फायरफक्स प्राइभेट नेटवर्कको नामले परीक्षण गरिरहेको थियो, तर अब यसलाई मोजिला भीपीएन नाम दिइनेछ।
अहिलेको लागि यो अमेरिकामा मात्र उपलब्ध हुनेछ। यद्यपि कम्पनीले यो यस बर्षको अन्त्यसम्ममा अन्य देशहरुमा पनि सुरू गरिने बताएको छ।
मोजिला भीपीएनले नो लगिङ्ग पोलिसी फीचर हुनेछ र यसले सम्पूर्ण प्रणालीलाई सुरक्षित गर्दछ। यसले भीपीएन वायरगार्डहरू प्रयोग गर्दछ जुन धेरै सुरक्षित मानिन्छ। यो फास्ट हो, खुला स्रोत हो र यो सेटअप गर्न अर्थात कन्फिगर गर्न पनि सजिलो हुनेछ। एजेन्सीका साथ
प्रकाशित: ८ असार २०७७, सोमबार