ताजा समाचार

भायनेटले ल्यायो विद्यार्थीहरुको लागि तीव्र–गतिको प्याकेज, दिनको समयमा दोब्बर स्पीड पाईने

भायनेटले ल्यायो विद्यार्थीहरुको लागि तीव्र–गतिको प्याकेज, दिनको समयमा दोब्बर स्पीड पाईने
Global IME Bank

यो महामारीको अवस्थामा शैक्षिक संस्थानहरुले शिक्षालाई घर–घरसम्म पुर्याउनको लागि अनलाइन भिडियो कन्फ्रेन्सीङ र भिडियो ट्यूटोरियल जस्ता टूलहरुको प्रयोग गरिरहेका छन् । यस्तो क्रियाकलापको लागि हाई ब्याण्डविथको आवश्यकता पर्दछ र सोही समयमा अन्य परिवारजनले पनि इन्टरनेट चलाउँदा अनलाइन क्लास र मिटिङहरु भइरहेको समयमा इन्टरनेट स्पीड कम हुनाले विद्यार्थी र शिक्षकलाई समस्या पर्न सक्छ ।

नेपालको अग्रणी इन्टरनेट सर्भिस प्रदायक भायनेटले यसै कुरालाई बुझेर अहिलेका विद्यार्थी र शिक्षकहरुका लागि ई–लर्निङ्ग टिभीप्लस नामक दुई नयाँ प्याकेजहरु ल्याएको छ।

भायानेटको नयाँ ई–लर्निङ्ग प्याकले बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म इन्टरनेटको स्पीडलाई ५० एमबीपीएससम्म दोब्बर गर्नसक्छ र अन्य समयमा २५ एमबीपीएसमा संचालन हुन्छ । विद्यार्थी र शिक्षकलाई बिना अवरोध हाई स्पीडमा क्लास संचालन गर्न सहयोग मिलोस् भनेर भायानेटले यो प्याकेज ल्याएको हो ।

यस प्याकेजमा “फोकस मोड” विशेषता र नेटटिभी टिभी सर्भिस जस्ता विशेष सेवाहरु समावेश छन् । “फोकस मोड” विशेषता भायासेक्योरद्वारा पावर गरिएको छ र यसको मद्दतले समस्त ध्यान विचलित गर्ने अनलाइन चिजहरु जस्तै कि गेमहरु, युट्यूब, फेसबुक र अन्य थुप्रै साइटहरु एक क्लीकमै असक्षम गर्न प्रयोगकर्तालाई सहयोग मिल्ने कम्पनीको भनाई छ ।

यसले विद्यार्थीहरुलाई कक्षामा राम्ररी ध्यान दिन र अभिभावकलाई उनीहरु आफ्नो काममै ध्यान दिइरहेका छन् भन्ने सुनिश्चितता प्रदान गर्दछ । यसै गरी यस प्याकेजमा समावेश गरिएको नेटटिभी टिभी सर्भिसमा २५० भन्दा बढी च्यानलहरुका साथ पज र प्ले, क्याचअप टिभी, मूभी अन डिमाण्ड र मोबाइल एप जस्ता विशेषताहरु छन् ।

ई–लर्निङ्ग प्याकेज प्रति महिना १ हजार ७ सय रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Sajilo Visa
easy care