Technology Khabar ५ असार २०७७, शुक्रबार
काठमाडौं ।
काठमाडौं महानगरपालिकाले युवाहरुको स्टार्टअपलाई सहयोग गर्ने नीति सार्वजनिक गरेको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरभित्रका स्टार्टअपलाई सहयोग गर्न काठमाडौं हब स्थापना गर्ने भएको छ ।
‘युवाहरुको नविन सोच तथा प्रविधिप्रतिको आकर्षणलाई ध्यानमा राखी काठमाडौं हब (K-Hub) को स्थापना गरिने नीति लिइनेछ । स्टार्टअपको माध्यमबाट उद्यमी बन्न चाहने युवाहरुलाई उत्पादन डिजाइन, प्रविधि, बजार, वित्त ब्यबस्था, कानुन आदिको परामर्श एकै स्थानमा उपलब्ध गराइनेछ ।’ नीति तथा कार्यक्रममा भनिएको छ ।
यसका साथै महानगरले महामारी विरुद्ध प्रतिकार्यका लागि अध्ययन, अनुसन्धान, आविष्कार गर्न विभिन्न सरकारी, गैर सरकारी संस्थाहरुसँग सहकार्य गर्ने घोषणा समेत गरेको छ ।
प्रकाशित: ५ असार २०७७, शुक्रबार