
काठमाडौं ।
टेक्नोलोजी जायन्ट अमेजनले आफ्नो विवादास्पद फेसियल रिकोग्निसन सफ्टवेयर प्रहरीलाई १ वर्षसम्म प्रयोग गर्नका लागि प्रतिबन्ध लगाएको छ ।
कम्पनीले नागरिक अधिकार अधिकारकर्मीहरुले सर्भिलेन्स टेक्नोलोजीले जातिय विभेद गर्नसक्ने संभावनाको बारेमा आवाज उठाएसँगै त्यसमा प्रतिबन्ध लगाएको हो।
यसै साता अर्को कम्पनी आईबिएमले पनि उसको फेसियल रिकोग्निसन सफट्वेयरलाई समुदायमा सर्भिलेन्स गर्न र जातिय प्रोफाइल बनाउनका लागि रोक्ने घोषणा गरेको थियो ।
अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोयडको प्रहरी यातनापछि मृत्यु भएको घट्नापछि फर्महरुमा दबाब रहँदै आएको छ ।
अमेजनले आफ्नो रेकोग्निसन सफ्टवेयर कानून लागू गराउने अधिकारीहरुलाई प्रयोगमा रोक लगाएको बताएको छ। कम्पनीले अमेरिकी कानून निर्माताहरुलाई सो प्रविधि दिने र आगामी दिनमा कसरी त्यसलाई लागू गरेको खण्डमा नियमन गर्न सकिन्छ भनेर कानून बनाउन सहयोग गर्ने बताएको छ।
‘हामीले निरन्तर सरकारले फेसियल रिकोग्निसन प्रविधिको सहि प्रयोगको लागि ससक्त नियमहरु बनाएर लागू गर्नुपर्ने पक्षमा वकालत गर्दै आएका छौं र पछिल्लो दिनहरुमा कंग्रेसले यो चुनौतीलाई लिन तयार हुनुपर्दछ,’ अमेजनले भनेको छ ।
तर जे भएतापनि कम्पनीले मानव ओसारपसार रोक्न काम गरिरहेका संगठनहरुलाइृ भने सो प्रविधि प्रयोग गर्न अनुमति दिने बताएको छ । एजेन्सी
प्रकाशित: २९ जेष्ठ २०७७, बिहीबार