एनएमबी बैंकमा भाइबर र मेसेन्जरमार्फत खाता खोल्दा नगद फिर्ता

  • Technology Khabar | २८ जेष्ठ २०७७, बुधबार
एनएमबी बैंकमा भाइबर र मेसेन्जरमार्फत खाता खोल्दा नगद फिर्ता

काठमाडौं ।

एनएमबी बैंकले भाइवर र मेसेन्जर मार्फत खोल्न सकिने खातामा पहिलो पटक हुने मोबाइल बैंकिङ कारोवारमा १० प्रतिशत छुट दिने भएको छ।
साथै पाँच सय रुपैयाँसम्मको नगद फिर्ता योजना प्रस्तुत गरिएको छ।

दैनिक उपभोग्य वस्तुको भुक्तानी, टप–अप र स्क्यान टु पे भुक्तानीमा पनि छुट र नगद फिर्ताको व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ।

यस योजनाअन्तर्गत यो महामारीको समयमा आफ्ना ग्राहकको लागी मोबाइल बैंकिङ सेवाहरु प्रयोग गर्न प्रोत्साहित गरिएको बैंकले बताएको छ।

‘हालको परिप्रेक्ष्यमा सो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता नगरी ग्राहकलाई वित्तीय सेवाहरु छनौट गर्न सहयोग पुर्याउन सुरक्षित वातावरण तयार पार्नु हो,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २८ जेष्ठ २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार