Technology Khabar २५ जेष्ठ २०७७, आईतवार
काठमाडौं ।
एप्पलको आईफोन ११ सिरिज प्रयोग गर्ने प्रयोगकर्ताहरुले पछिल्लो समयमा आफ्नो आईफोनको स्क्रीन हरियो हुने समस्या भोगिरहेका छन् ।अधिकांशले डिभाइस अनलक गरेपछिको अवस्थामा त्यस्तो हुने गरेको गुनासो गरेका छन् ।
आईफोन ११ सिरिजमा देखिएको स्क्रीन हरियो हुने समस्या सफ्टवेयरसँग सम्बन्धित भएको बताईएको छ ।
स्क्रीन हरियो हुने बारेमा प्रयोगकर्ताहरुले रेडडिटमा गुनासो गर्न शुरु गरेका थिए । र त्यसमा अधिकांश आईफोन ११ मोडलहरु मात्र रहेको छ ।
अधिकांशले आईफोन अनलक गर्दा यस्तो हुने गरेको बताएका छन भने केहिले डार्क मोड र नाइड सिफ्ट एक्टिभेट गर्दा यस्तो भएको जानकारी दिएका छन् ।
यो समस्यालाई हार्डवेयरमा भन्दा सफ्टवेयरमा समस्या हुँदा देखिएको अनुमान गरिएको छ । किनकी अधिकांशले हालै कम्पनीले जारी गरेको आईओएस १३.५ अपरेटिङ्ग सिस्टम अपडेट गरेपछि यस्तो भएको बताएका छन् ।
हालै मात्र कम्पनीले देखिएको आईफोन अनलक गर्ने समस्या र जेलब्रेक गर्नसकिने रिपोर्टपछि तत्काल अपडेट जारी गरेको थियो ।
कम्पनीले संभवत अर्को नयाँ अपडेटमा सो विषयलाई समाधान गर्ने अनुमान गरिएको छ । हाल एप्पलले आईओएस १३.५.५ बीटा परीक्षण गरिरहेको छ त्यसैले सो नयाँ अपडेट आउनासाथ समस्या समाधान हुनसक्ने बताईएको छ । एजेन्सी
प्रकाशित: २५ जेष्ठ २०७७, आईतवार