यूट्यूब च्यानल ह्याक गरेर ह्याकरहरुले डार्क वेबमा बेच्ने संख्यामा वृद्धि

  • Technology Khabar | २५ जेष्ठ २०७७, आईतवार
यूट्यूब च्यानल ह्याक गरेर ह्याकरहरुले डार्क वेबमा बेच्ने संख्यामा वृद्धि

काठमाडौं ।

हालसालै ह्याकर फोरमहरू र त्यस्तै प्रकृतिका विषयहरु राखिने साइटहरूमा, सबैभन्दा ठूलो भिडियो स्ट्रिमिंग प्लेटफर्म यूट्यूबका प्रयोगकर्ताहरूको ह्याक गरिएका एकाउन्टहरु बिक्रीका लागि राखिने संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ।

साइबर अपराधिहरुले लगईन डाटाको विशाल सूचीहरू प्रदान गरेका छन्, जसमा प्रत्येक एकाउन्टहरुमा भएका सब्सक्राइबरहरुको संख्याका साथ त्यसलाई राखिएको छ ।

ह्याकरहरूले लामो समयदेखि यूट्यूब च्यानल ह्याक गर्नुको महत्व बुझेका छन् । त्यस्ता आक्रमणहरूले उनीहरूलाई मुख्यरूपमा नयाँ सब्सक्राइबरहरू प्राप्त गर्न सहयोग गर्दछ, जहाँ उनीहरूले धेरै धोखाधडीका स्कीमहरू वा मालिसियस विज्ञापन अभियानहरू चलाउने प्रयास गर्न सक्दछन्।

केहि ह्याकरहरुले भने यूट्यूब च्यानल ह्याक गरेर त्यस बापत रकम समेत माग्ने गर्दछन् ।

त्यसैले साइबर सुरक्षाा अनुसन्धानकर्ताहरुले यूट्यूब च्यानल चलाउनेहरुलाई सतर्क रहन र सुरक्षित साथ प्रयोग गर्न सुझाब दिएका छन् । एजेन्सीका साथ

प्रकाशित: २५ जेष्ठ २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • २५ जेष्ठ २०७७, आईतवार