रेडडिटका सह संस्थापक ओह्यानियनद्धारा बोर्ड सदस्यबाट राजिनामा, अश्वेत सदस्य राख्न आग्रह

  • Technology Khabar | २४ जेष्ठ २०७७, शनिबार
रेडडिटका सह संस्थापक ओह्यानियनद्धारा बोर्ड सदस्यबाट राजिनामा, अश्वेत सदस्य राख्न आग्रह

काठमाडौं ।

रेडडिटका सह-संस्थापक एलेक्सिस ओह्यानियनले टेक फर्मको बोर्डबाट राजीनामा दिएका छन् र कम्पनीलाई उनको साटो अश्वेत उम्मेदवारलाई राख्न आग्रह गरेका छन्।

टेक उद्यमीले आफ्नो रेडडिट स्टकबाट हुने भविष्यका लाभहरूमा अश्वेत समुदायको सेवा गर्न प्रयोग गर्ने प्रतिबद्धता पनि राखेका छन्।

पछिल्लो दिनमा अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोयडको प्रहरी यातनामा मृत्युभएपछि आन्दोलन चर्किएकोछ।

चरणबद्ध ट्वीटमा, उनले यो काम किन गरिरहेका छन् भनेर बताए,- ‘आफ्नी काली छोरीलाई एक बुबाले जवाफ दिन सक्षम हुनुपर्छ जतिबेला उनले सोध्छिन् ‘तपाईंले के गर्नुभएको थियो ?’

ओह्यानियन जसले अश्वेत टेनिस च्याम्पियन सेरेना विलियम्ससँग विवाह गरेका छन् । उनले नोे योर राईट्स क्याम्पलाई १० लाख डलर चन्दा दिने बताएका छन, यो संस्था एनएफएलका पूर्व खेलाडी कोलिन केपर्निकले सुरु गरेको एउटा नाफा नकमाउने अभियानअन्तरगत हो।

ओह्यानियनले  १५ बर्ष अघि कलेजका सहकर्मीहरु आरोन स्वार्टज र स्टीव हफम्यानको साथमा सोशल मिडिया वेबसाइट रेडडिट स्थापना गरेका थिए । उनले २०१८ देखि दैनिक कार्य गर्न छोडे तर अहिलेसम्म कम्पनीको बोर्डमा एक सदस्यको रुपमा रहेका छन् ।

तर वेबसाइट त्यसबेलादेखि विवादमा आएको छ जसमा जातीय सामग्रीलाई बढावा दिँदै फोरमहरूको आयोजना गरिएकोछ । कम्पनीले हाल कयौं‌ त्यस्ता समूहहरुलाई प्रतिबन्धित समेत गरेको छ । एजेन्सीकासाथ

प्रकाशित: २४ जेष्ठ २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार