
काठमाडौं ।
जापानको सोनी कर्पलाई अष्ट्रेलियामा २४ लाख डलर जरिवाना गराईएको छ । हालै सोनीको विरुद्धमा एक मुद्धामा निर्णय सुनाउँदै अष्ट्रेलियाको एक अदालतले उपभोक्ता कानून तोडेको र ग्राहकहरुलाई बेचेको दोषयुक्त प्लेस्टेशन गेम्स फिर्ता नलिएको आरोपमा २४ लाख डलर तिर्न आदेश दिएको हो ।
सो मुद्धा अष्ट्रेलियाको उपभोक्ता अधिकार हेर्ने संस्थाले दायर गरेको थियो ।
अष्ट्रेलियन कम्पिटिसन एण्ड कन्जुमर कमिसन(एसिसिसि)ले सोनी इन्टर्याक्टिभ इन्टरटेनमेन्ट नेटवर्क यूरोप लिमिटेडको विरुद्धमा गएको मे महिनामा मुद्धा दायर गरेको थियो ।
सो मुद्धामा चार ग्राहकहरुलाई गेम खरिद गरेको १४ दिनपछि वा उनीहरुले डाउनलोड गरिसकेपछि दोषयुक्त गेम्सको लागि रकम फिर्ता नगरिएको आरोप लगाईएको थियो ।
अदालतले अर्को ग्राहकलाई नगद नै फिर्ता दिनुको साटो केबल स्टोर क्रेडिट मात्र प्रस्ताव गरेको आरोपमा ग्लोबल भिडियो गेम कम्पनीलाई दोषी ठहर्याएको छ ।
‘सो मुद्धामा सोनीले ती ग्राहकहरु झुटो भएको र उनीहरुले अष्ट्रेलियाको उपभोक्ता कानूनअन्तरगत अष्ट्रेलियन उपभोक्ताहरुको अधिकार सुनिश्चितताको प्रतिनिधित्व नगर्ने बताएको थियो,’ एसिसिसिका अध्यक्ष रोड सिम्सले जारी विज्ञप्तिमा भनेका छन् । एजेन्सीका साथ
प्रकाशित: २४ जेष्ठ २०७७, शनिबार