भाइबरमा अब २० जनासम्मलाई एकै पटक ग्रुप भिडियो कल गर्न सकिने

  • Technology Khabar | २३ जेष्ठ २०७७, शुक्रबार
भाइबरमा अब २० जनासम्मलाई एकै पटक ग्रुप भिडियो कल गर्न सकिने

काठमाडौं ।

विश्वभर पछिल्लो दिनमा अडियो ग्रुप कल र भिडियो ग्रुप कलको माग बढेसँगै मेसेजिङ्ग तथा च्याटिङ्ग एप भाइबरले पनि आफ्नो एपमा नयाँ फीचर थप गरेको छ ।

कम्पनीले हालै आफ्नो एपमा भिडियो तथा अडियो कलका लागि प्रयोगकर्ताहरुको संख्यामा वृद्धि गरेर अब २० जना पुर्याएको छ ।
भाइबरले यो नयाँ फीचर बिहिबारदेखि शुरु गरेको हो ।

यसअघि भाइबरमा केबल ५ जनासम्म मात्र कन्फ्रेन्स कल गर्न सकिने सुबिधा थियो तर नेपालमा भने यो सुबिधा उपलब्ध थिएन् ।

नयाँ फीचर ल्याएसँगै भाइबरमा अब च्याट र ग्रुप कल गर्न सकिने सुबिधा आएको हो ।

यसको लागि प्रयोगकर्ताले ग्रुप च्याटको भित्र गएर ग्रुप कल गर्न सकिने सुबिधा दिएको छ । तर यो सुबिधा केबल २० जना मात्र प्रयोगकर्ता भएको ग्रुपमा मात्र संभव रहेको छ ।

जसमा भित्र फोन आइकनमा ट्याप गरेर सिधै कल गर्न सकिने छ । तर २० जना भन्दा धेरै भएको खण्डमा केबल २० जनामात्र सो कलमा सहभागी हुन सक्नेछन् ।

‘हामी यूजर्सलाई २० जनासम्मको भिडियो कलमा सहभागीहरु हुने बनाउन पाउँदा उत्साहित भएका छौं र यसलाई भविश्यमा छिटै बिस्तार गर्नेछौं,’ कम्पनीका सिओओ ओफिर एयालले भने ।

यो नयाँ फीचर भाइबरको मोबाइल एप तथा डेस्कटप भर्सन दुबैमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो सुबिधा नेपालमा उपलब्ध छ वा छैन भन्ने अझ प्रस्ट छैन तर हामीले पाएको भाइबर नोटिफिकेसनको आधारमा हेर्दा नेपालमा पनि उपलब्ध भएको देखिन्छ।

प्रकाशित: २३ जेष्ठ २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार