अनलाइन तथा मोबाइल गेम ‘कल अफ ड्यूटी’ को नयाँ सिजनको अपडेट रोकियो

  • Technology Khabar | २१ जेष्ठ २०७७, बुधबार
अनलाइन तथा मोबाइल गेम ‘कल अफ ड्यूटी’ को नयाँ सिजनको अपडेट रोकियो

काठमाडौं ।

अमेरिकामा प्रहरी यातानाका कारण विवादास्पद तरिकाले अश्वेत नागरिक जर्ज फ्लोडको मृत्युपछि चलिरहेको विरोधको कारण कम्पनीहरूले आफ्नो लन्च इभेन्टहरु स्थगित गर्न बाध्य भईरहेका छन्।

यसैबिच यहि लाइनमा उभिँदै अनलाइन तथा मोबाइल गेम ‘कल अफ ड्यूटी’ को निर्माता कम्पनी एक्टिभिजनले पनि आफ्नो इभेन्ट स्थगित गरेको छ ।

कम्पनीले भनेको छ कि सीओडी मोर्डनः वारफेयर सिजन ४ र सीओडी मोबाइलः सिजन ७ को अपडेटलाईअपडेटलाई स्थगित गरेको बताएको छ ।

कम्पनीले हालै ट्वीट गरेर त्यसलाई पछि रिलिज गरिने बताएको छ । तर कहिले हुनेछ भन्ने मिति उल्लेख गरिएको छैन् ।

https://twitter.com/CallofDuty/status/1267626497902174208

एक्टिभिजनको यो निर्णयसँगै सीओडी मोर्डन वारफेयरमा क्याप्टेन प्रिन्सको आगमन केहि पर सरेको छ भने सीओडी मोबाइल भर्सनमा नयाँ हतियारहरुको आउने अपेक्षा गरिएको थियो । एजेन्सीका साथ

प्रकाशित: २१ जेष्ठ २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...