एनसेलको मुख्य लगानीकर्ता आजियाटाले मलेशियामा ५जी जडान गर्न दुई कम्पनी रोज्ने

  • Technology Khabar | १५ जेष्ठ २०७७, बिहीबार
एनसेलको मुख्य लगानीकर्ता आजियाटाले मलेशियामा ५जी जडान गर्न दुई कम्पनी रोज्ने

काठमाडौं ।

एनसेलको मुख्य लगानीकर्ता कम्पनी आजियाटा ग्रुपले मलेशियामा ५जी सेवाहरुको लागि दुईवटा कम्पनी छनौट गर्ने भएको छ ।

सेवाग्राहीको आधारमा मलेशियाको तेस्रो ठूलो टेलिकम अपरेटर आजियाटा ग्रुप बर्हादले ह्वावेका साथै अर्को कम्पनीका लागि पनि सहभागीता खुला गर्ने योजना लिएको छ।

विश्वको सबैभन्दा ठूलो टेलिकम उपकरण निर्माता कम्पनी ह्वावे टेक्नोलोजीज आजियाटाका लागि लामो समयदेखि आपूर्तिकर्ताको रुपमा रहँदै आएको छ । र यी दुबै कम्पनीहरुले मलेशियाको पाचौं पुस्ताको प्रविधिगत सेवाहरुलाई जडान गर्न प्रारम्भिक सहमति समेत गरिसकेका छन् ।

तर नयाँ कदमले अर्को कम्पनी एरिक्सनलाई बाटो खुला गर्ने रोयटर्सको रिपोर्टमा उल्लेख छ ।

आजियाटाले आफ्नो गृह देशमा आगामी ५ वर्षको लागि कटिंग एज टेक्नोलोजी ल्याउन कम्तिमा १ अर्ब डलर खर्च गर्ने बारेमा हेरिरहेको छ तर अझै कुनै पनि ५जी सम्झौता भने गरेको छैन् ।

आजियाटाका प्रमुख कार्यकारी जमालुद्धिन इब्राहिमले सामान्यतया दुई आपूर्तिकर्ताहरु आफूहरुले चाहने र मलेशियामा सामान्यतया ती दुई हुने बताए ।

उनकाअनुसार फिनल्याण्डको नोकिया र चीनको जेडटिईलाई पनि टेण्डरमा सहभागी गराईने छ ।

ह्वावेसँगबाट आपूर्ति सुरक्षित गर्नको लागि कम्पनी सुनिश्चित भएको छ ।

आजियाटाका प्रमुख कार्यकारीले सेक्यूरिटीको विषय ह्वावे र मलेशियाको सरकारबिच छलफल हुनुपर्ने उल्लेख गरेका छन् ।

कम्पनीले यसबाहेक मलेशियामा ५जी जडानका लागि लागत घटाउन अन्य अपरेटरहरुसँग समेत सहकार्य गर्नसक्ने उल्लेख गरेको छ ।

प्रकाशित: १५ जेष्ठ २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार